Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा स्थानीय तहको भन्दा १३ प्रतिशत कम मत खस्यो

रुकुम पश्चिममा स्थानीय तहको तुलनामा १३ प्रतिशत कम मत खसेको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिममा ७१ प्रतिशत मत खसेको थियो । तर आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५८ प्रतिशत मात्र मत खसेको छ । 

यो स्थानीय तहको भन्दा १३ प्रतिशत कम मत हो । स्थानीय तहको निर्वाचनका बेला रुकुम पश्चिममा कुल १ लाख ४ हजार ८ सय ५३ मतदाता रहेकामा ७५ हजार ३ सय ७५ अर्थात ७१.८८ प्रतिशत मत खसेको थियो । आइतबारको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा कुल १ लाख ४ हजार २ सय ८० मतदाता रहेकामा ६० हजार ५ सय २७ मत खसेको छ । 

यो कुल मतदाताको ५८.०४ प्रतिशत हो । जिल्लामा गठबन्धनका कारण प्रतिस्पर्धा कम भएका कारण पनि कम मत खसेको अनुमान गरिएको छ । मुख्य प्रतिस्पर्धी दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका विचमा गठबन्धन भएपछि जिल्लामा तुलनात्मक रुपमा निर्वाचन शान्तिपूर्ण वातावरणमा समेत सम्पन्न भएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update