यतिबेला विश्व फुटबलको माहोलमा झुमेको छ । आइतबार देखि कतार विश्वकप फुटबल २०२२ सुरु भएको छ । विश्वका ३२ देश फुटबलको महाकुम्भमा भिड्दै छन् । विश्वभरमा फुटबलको ठूलो क्रेज छ । फुटबलकै महाकुम्भ विश्वकपमा झन फुटबल समर्थकको चासो नहुने कुरै भएन । विश्वकप फुटबलको पत्यक्ष मजा उठाउन विश्वभरबाट फुटबल समर्थकहरु कतारमा ओइरिएका छन् । कतार पुग्न नपाएकाहरु टेलिभिजन अगाडी झुम्मिएका छन् ।
नेपालमा पनि फुटबलको ठूलो क्रेज छ । ब्राजिल, अर्जेन्टिना, जर्मनी, पोर्चुगल, फ्रान्स लगायतका कयौं देशका समर्थहरु नेपालमा छन् । त्यस्तै मेसी, रोनाल्डो, नेइमार लगायतका विश्वप्रसिद्ध खेलाडीका समर्थक पनि उत्तिकै मात्रामा छन् नेपालमा । नेपालमा पनि विश्वकपको छुट्टै रौनक छ । नेपाली फुटबल समर्थकहरु टिभी सेटमा झुम्मिएका छन् । तर यो पटक भने नेपालमा विश्वकप हेर्न त्यति सजिलो र सस्तो भने छैन् । पहिलो पटक नेपाली दर्शकहरुले अतिरिक्त शुल्क तिरेर विश्वकप हेर्दै छन् ।
५ सय ६५ रुपैंया तिरेर डिसहोम मार्फत दर्शकहरुले विश्वकपका खेलहरु हेर्न पाउँछन् । तर अतिरिक्त शुल्क तिर्नुपर्ने र शुल्क तिर्दा झन्झन व्यहोर्न भने फुटबल समर्थकहरु बाध्य छन् । तर कुनै शुल्क नतिरि मोबाइलबाटै विश्वकप हेर्न पाइन्छ । यसका लागि तपाइलाई एनरोइड फोन आवश्यक पर्छ । गुगल मार्फत HNC Sport https://hncsports.xyz/hnc-sports-live-tv-apk-for-android/ मोबाइल एप डाउनलोड गरेर विश्वकपका खेलहरु हेर्न सकिन्छ ।