Kakhara सबैको खबर सम्पूर्ण खबर
‘माक्र्सवादी’स्रष्टाहरुको अफ्ठ्यारो बाटो र उज्यालो भविष्य

हामी बस्ने समाजमा बर्ग छ । अधिनायकत्व छ । असमानता र विभेद छ शोषण र उत्पीडन छ । विकृति र कुरीति छ । कुन बेला समाजको अवस्था कस्तो हुने हो कुनै ठेगान छैन । अर्थात समाज अस्थिर छ । मानव जातिमा वर्ग विभाजन शुरु भए देखि र वर्गिय संघर्षको सुत्रपात भएदेखि मानव समाज निरन्तर रुपमा यसरी नै गुज्रिदै आएको छ यही अव्यवस्थित र अस्तव्यस्त समाजमा बसेर हामी माक्र्सवादी स्रष्टा बन्ने प्रयत्नमा छौं ।

अहिले विश्व एक्काइसाैं शताब्दीमा छ तै पनि हामी वसेको समाज पुरानै शताब्दीतिर छामछाम छुमछुम गरिरहेको छ । हामी माक्र्सवादी स्रष्टा भएको नाताले हाम्रो समाजलाई छिटो छिटो दौडाउन चाहन्छौ । हामी हाम्रो समाजले एक्काइसौं शताब्दीलाई भेटोस र अगाडि बढोस भन्ने इच्छामा छौं । तर हाम्रा यी इच्छालाई अहिलेको शोषण प्रधान समाज व्यवस्थाले निर्ममता पुर्वक रोकिरहेको छ । कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र आदीको नाममा बुर्जुवा अधिनायकत्वकै वोलवाला जारी छ । यही बुर्जुवा वर्गको अधिनायकत्वले अनेक रुप र रंगमा समाज भित्र असमानता र विभेद बढाएको छ । शोषण, उत्पीडन, विकृति र बेथिति कायम राख्दै आएको छ । यस प्रकारको बुर्जुवा अधिनायकत्व भएकैले हाम्रो समाजमा वुर्जुवा र छाडा स्रष्टाहरु सम्मानित हुने र माक्र्सवादी स्रष्टाहरु अपमानित र पछाडि पारीनु पर्ने अवस्था सिर्जना भएको छ ।

यो वुर्जुवा अधिनायकत्वले सारा मानिसका घरभित्रै सम्म जरा गाडेको छ । हरेक घर परिवारको आँखाले नाम र दाम बाहेक अरु थोक केही देख्नै नसक्ने बनाइदिएको छ । यदी नाम र दाम कमाउँछ भने छोरी अर्धनग्न भएर नाचे पनि आमावावु खुशि नै हुन्छन् । छोराले राष्ट्रियता भुलेर आफ्नो रगत र पसिना विदेशीहरुको निम्ति चढाए पनि आमा वावुले गर्व नै गर्छन् । यदी नाम र दाम कमाउँछ भने लोग्नेले ठुलै भ्रष्टाचार गरेपनि स्वास्नी खुशि नै हुन्छे तर क्रान्तिको गीत गाएर हिड्ने छोरीले भने आफ्ना आमा वावुबाट स्यावासी होइन गाली नै बढी सुन्नु पर्ने हुन्छ । देश र जनताको निम्ति अहोरात्र खत्ने लोग्नेले स्वास्नीवाट खुशी होइन हर समय गुनासो र कचकचको नै बढी सामना गर्नु पर्ने हुन्छ । व्यक्तिगत स्वार्थको लागि काम गर्नेले पाउने सम्मान सामाजिक स्वार्थको निम्ति काम गर्नेले खासै पाउन सक्दैन ।

एउटा उदाहरण हेरौ– रामबहादुर नामको कुनै एक व्यक्तिको दुइ छोरा श्याम र हरि मध्य श्याम व्यक्तिगत स्वार्थको कुम्लो बोकेर पैसा कमाउन अमेरीका जान्छ । करिव ५ बर्ष पछि थुुप्रै पैसा कमाएर घर फर्किदा उसका घर परिवारले त राम्रो मान्ने नै भयो । छरछिमेकले समेत कतै खसि त कतै राँगो काटेर भव्य सम्मान र सत्कार गर्छन । अर्काे तिर हरी भने सामाजिक स्वार्थका खातिर भोकै प्यासै काम गर्छ । तर उसले पैसा नकमाएको कारण उ घरफर्किदा घर परिवार र छरछिमेकले खासै मतलव गर्दैनन् । यसरी असललाई भन्दा खरावलाई बढि मान्यता हुनु भनेकै बुर्जुवा अधिनायकत्वको जरा सारा मानिसका घरघरसम्म फैलिनु नै हो ।

बर्जुवा स्रष्टाहरुको अगाडि आफ्नो अवस्था दयनिय हुँदै जाँदा कयौं माक्र्सवादी स्रष्टाहरुमा निराशा, कुण्ठा, र हिनता बोधको भावना पैदा हुन जान्छ । र उनिहरु आफ्नो यात्रालाई बीचैमा पूर्णविराम लगाएर निष्कृय हुन पुग्दछन् । वास्तवमा माक्र्सवादी स्रष्टाहरुमा यस्तो विचलन आउनु भनेको क्रान्तिको लागि दुखद पक्ष हो ।

यसैकारणले पनि आज बुर्जुवा स्रष्टाहरु र माक्र्सवादी स्रष्टाहरुको बीच राज्यले जुन विभेद रोपेको छ त्यही विभेद हरेक मानिसका घरघरसम्म पनि कायम छ । हामि आफ्नै आँखाले देखिरहेका छौ कि कुनै बुर्जुवा अथवा छाडा कलाकार एकै क्षण एउटा मञ्चमा उभियो भने लाखौं कमाउँन पुग्छ तर कुनै माक्र्सवादी कलाकार जीवनभरी आफ्नो कलालाई समाजको लागि खर्चिदा पनि हर समय भोकभोकै परिरहेको हुन्छ । उही समाजको एकथरी कलाकार अंग प्रदर्शन गरेर भिड उत्तेजित पार्दै मालामाल हुन्छन् । भने अर्काथरी कलाकारहरु जनताका गीत गाउँछन् तै पनि घर न घाटको अवस्थामा पुर्याइन्छन् । ति स्रष्टाहरु जसले समाजमा विकृतिका पाठ सिकाउँछन्, छाडा संस्कृति अपनाउछन् उनिहरु सजिलै बाँचिरहेका हुन्छन् । ति स्रष्टाहरु जस्ले समाजलाई क्रान्तिको बाटो देखाउछन् र सभ्य तथा नौलो जनवादी संस्कृति निर्माणको लागि अगाडि बढ्छन् उनिहरुलाई वाँच्न साह्रै कठिन भइरहेको छ । यस्तो हुनुको कारण बुर्जुवा अधिनायकत्वले स्रष्टाहरु प्रति अपनाएको विभेदकारी नीति नै हो ।

बुर्जवा समाजमा एकातिर बुर्जुवा स्रष्टाहरुको नाम र दाम चलिरहेको हुन्छ भने अर्काे तिर माक्र्सवादी स्रष्टाको जीवनलाई चारैतिर कठिनाइहरुले घेरीरहेको हुन्छ । यसरी बुर्जुवा स्रष्टाहरुको अगाडि आफ्नो अवस्था दयनिय हुँदै जाँदा कयौं माक्र्सवादी स्रष्टाहरुमा निराशा, कुण्ठा, र हिनता बोधको भावना पैदा हुन जान्छ । र उनिहरु आफ्नो यात्रालाई बीचैमा पूर्णविराम लगाएर निष्कृय हुन पुग्दछन् । वास्तवमा माक्र्सवादी स्रष्टाहरुमा यस्तो विचलन आउनु भनेको क्रान्तिको लागि दुखद पक्ष हो ।

वर्गविहीन, अधिनायकत्व विहीन, शोषण विहिन, सुन्दर समुन्नत र व्यवस्थित समाज निर्माणको बाटोमा अगाडि वढ्नु माक्र्सवादी स्रष्टाहरुको अन्तिम लक्ष भएकाले सोही अनुरुप दृष्टिकोण निर्माण गरेर अगाडि बढ्नु माक्र्सवादी स्रष्टाहरुको कर्तव्य हुन जान्छ ।

माक्र्सवादी स्रष्टाले आफ्नो जीवनलाई यस्तो विचलन र निष्किृयाताको वाटोमा जानबाट रोक्न सधै ध्ययान दिनु पर्दछ । माक्र्सवादी स्रष्टाहरुले आफ्नो उदेश्य नाम र दाम कदापी बनाउनु हुँदैन । माक्र्सवादी स्रष्टाहरुको उदेश्य महान हुन्छ । वर्तमान वर्गिय समाजमा सर्वहारा तथा श्रमजीवि वर्गको पक्षमा उभिएर वुर्जुवा अधिनायकत्वको जरा उखेल्न, न्याय, समानता र स्वतन्त्रताको लागि सबै खाले शोषण र उत्पीडनको अन्त्य गर्न साथै सर्वप्रथम सर्वहारा वर्गको अधिनायकत्व कायम गर्न, माक्र्सवादी स्रष्टाहरुले अहम भूमिका खेल्नु पर्दछ । अन्त्यमा वर्गविहीन, अधिनायकत्व विहीन, शोषण विहिन, सुन्दर समुन्नत र व्यवस्थित समाज निर्माणको बाटोमा अगाडि वढ्नु माक्र्सवादी स्रष्टाहरुको अन्तिम लक्ष भएकाले सोही अनुरुप दृष्टिकोण निर्माण गरेर अगाडि बढ्नु माक्र्सवादी स्रष्टाहरुको कर्तव्य हुन जान्छ ।

माक्र्सवादी साहित्यले पनि समाजमा आफ्नो स्थान बनाए पश्चात अव समाजका दमित वर्गको पक्षमा पनि कला र साहित्यले काम गर्न थाल्यो । सम्भ्रान्त र शासक वर्गको विरुद्धमा कला र साहित्य खरो उत्रिन थाल्यो । यो भन्दा अगाडि सम्भ्रान्त र शासक वर्गको विरुद्धमा र दमित वर्गको हित र मुक्तिको पक्षमा कला र साहित्य खासै देखिदैनथ्यो । सत्रौ शताव्दी सम्म लेखकहरुले केवल ईश्वर र राजाको विचारधारालाई जोगाई राख्नको लागि मात्रै साहित्य सृजना गरेको पाइन्छ ।

हामीलाई थाहा छ हाम्रो यो अन्तिम लक्ष हाम्रै पालामा पुरा हुँदैन भन्ने कुरा । हामीलाई यो पनि थाहा छ यो लक्षमा अगाडि बढ्न हामीले कयौ कठिनाइहरु व्यहोर्नु पर्दछ । ज्वारभाटा विरुद्धको यात्रा तय गर्नु पर्दछ । कयौ घुमाउरा र बाङ्गो टिङ्गो बाटोहरु पार गर्नु पर्दछ । तै पनि यी सारा कुरा व्यहोर्नका लागि माक्र्सवादी स्रष्टाहरुले दृढ संकल्प बोक्नै पर्दछ । यो संसारमा माक्र्सवादी साहित्यले प्रवेश गरेको समय देखी नै माक्र्सवादी स्रष्टाहरुले यस्तो खालको दृढ संकल्प बोक्दै आएको इतिहास हामीले पढ्दै आएका छौ । जब विश्वमा माक्र्सवादी साहित्यले स्थान लियो त्यस पछि नै कला कलाको लागि भन्ने मान्यताले हावा खान थालेको हो । अर्थात माक्र्सवादी साहित्यले पनि समाजमा आफ्नो स्थान बनाए पश्चात अव समाजका दमित वर्गको पक्षमा पनि कला र साहित्यले काम गर्न थाल्यो । सम्भ्रान्त र शासक वर्गको विरुद्धमा कला र साहित्य खरो उत्रिन थाल्यो । यो भन्दा अगाडि सम्भ्रान्त र शासक वर्गको विरुद्धमा र दमित वर्गको हित र मुक्तिको पक्षमा कला र साहित्य खासै देखिदैनथ्यो ।

उन्नाइसौ शताव्दी देखि भने आफुलाई धार्मिक विचारधाराबाट अलग्याउदै र बुर्जुवा विचारधाराको अर्काे पक्ष अगाडि बढ्न पुग्यो । यो कुराबाट हामी के पाठ सिक्न सक्न सक्छौ भने धार्मिक तथा बुर्जुवा र सम्भ्रान्त वर्गको गुणगान गाउँने कुरालाई अस्विकार गर्न सक्ने फरक साहित्यको जन्म हुनको लागि युगौ लागेको छ । तसर्थ हामी माक्र्सवादी स्रष्टाहरु युग बदल्नको लागि कम्मर कस्ने हो ।

सत्रौ शताव्दी सम्म लेखकहरुले केवल ईश्वर र राजाको विचारधारालाई जोगाई राख्नको लागि मात्रै साहित्य सृजना गरेको पाइन्छ । यस सम्वन्धी जाँ पाल सात्र्रले लेखेका छन्, “सत्रौ शताब्दी सम्म लेखकले निश्चित मान्यताहरुमा आधारीत रहेर लेख्ने गथ्र्याे । जनमानस पनि सक्रिय रहन्थ्यो र निश्चित मान्यताहरुका मापनद्वारा लेखकहरुको मुल्याङ्कन गथ्र्याे । त्यस बेला समाजको आफ्नै भाषा हुन्थ्यो, आफ्नै बैभव हुन्थ्यो र यसका असरहरु हुने गर्थे जुन कुरा उक्त क्रियाशिल जनमानसले पुस्तकमा खोजी गर्थे ईश्वर सर्वस्वीकार्य हुने गथ्र्याे । पृथ्वीका दुइवटा शक्तिहरु चर्च र राजाको विचारधारालाई बाचाईराख्नु लेखकहरुको प्रमुख उदेश्य हुने गथ्र्याे ।” त्यो समयका लेखकहरु कति निरिह अवस्थामा साहित्य सिर्जना गर्थे भन्ने कुरालाई दर्शाउँदै जाँ फाल अगाडि लेख्छन्, “त्यतीवेला राजनीतिक र धार्मिक बन्देज यति कठोर हुन्थ्योकी कुनै पनि लेखकले उसको दिमाग भित्रको नयाँ कुरा प्रस्तुत गर्न सक्दैनथ्यो । त्यसैले पाठक र लेखकहरुका कुरा एउटै हुने गथ्र्याे । त्यसैले पाठकहरुले सवैजसो पुस्तकहरुमा एउटै कुरा भेट्टाउन गर्थे र उनिहरुको विचार पनि उस्तै हुने गथ्र्याे । लेखकले कुनै पनि आर्थिक, धार्मिक, अलौकिक र राजनीतिक तत्वहरु र तिनले मानवमा पार्ने असरहरुको बारेमा बोल्न सक्तैनथ्यो ।”

साहित्यको यसप्रकारको अवस्थाले अठारौ शताव्दी पार गर्दै गर्दा समेत खासै उल्लेखनिय विकास गरेको पाईदैन । अर्थात अठारौ शताव्दीको कालमा पनि लेखकहरुले धार्मिक विचारधाराकै संसर्गमा रहेर र बुर्जुवा विचारधाराकै सेवा गरेर दिन वितायो । फरक यति मात्रै भयो की सत्रौ शताव्दी तिर साहित्य निशर्त लेखिन्थ्यो तर अठारौ शताव्दी तिर आउँदा साहित्यलाई उपयोगी र किनबेचको बस्तु बनाएको पाईन्छ ।

आजको युगसम्म आईपुग्दा माक्र्सवादी स्रष्टाहरुको आफ्नै स्पष्ट जीवन दर्शन निर्माण भएको छ । त्यसैले बुर्जुवा स्रष्टाहरुका जीवन शैली हेरेर माक्र्सवादी स्रष्टाहरु कदापी बहकिनु हुँदैन ।

यस प्रकार धार्मिक विचारधाराबाट अलग र बुर्जुवा विचारधाराको सेवा नगर्ने वेग्लै स्वतन्त्र अस्तित्वको अर्काे साहित्यिक पक्ष महशुस गर्नलाई मानव जातिले उन्नाइसौ शताब्दी नै कुर्नु पर्यो । उन्नाइसौ शताव्दी देखि भने आफुलाई धार्मिक विचारधाराबाट अलग्याउदै र बुर्जुवा विचारधाराको अर्काे पक्ष अगाडि बढ्न पुग्यो । यो कुराबाट हामी के पाठ सिक्न सक्न सक्छौ भने धार्मिक तथा बुर्जुवा र सम्भ्रान्त वर्गको गुणगान गाउँने कुरालाई अस्विकार गर्न सक्ने फरक साहित्यको जन्म हुनको लागि युगौ लागेको छ । तसर्थ हामी माक्र्सवादी स्रष्टाहरु युग बदल्नको लागि कम्मर कस्ने हो । हाम्रै पालामा हामीले सोचेर मात्रै युग बदलिदैन । माक्र्सवादले परिकल्पना गरेको युग ल्याउन इँट्टा थप्दै जाने कुरामा माक्र्सवादी स्रष्टाहरु स्पस्ट हुन जरुरी छ ।

आजको युगसम्म आईपुग्दा माक्र्सवादी स्रष्टाहरुको आफ्नै स्पष्ट जीवन दर्शन निर्माण भएको छ । त्यसैले बुर्जुवा स्रष्टाहरुका जीवन शैली हेरेर माक्र्सवादी स्रष्टाहरु कदापी बहकिनु हुँदैन । हामी वस्ने समाजमा बुर्जुवा र छाडा स्रष्टाहरुको ठूलो जमात छ । त्यस्ता वुर्जुवा स्रष्टा र माक्र्सवादी स्रष्टाहरुको विचमा आकाश पातालको अन्तर छ । माक्र्सवादी स्रष्टाहरु कठिनाइहरु देखेर खुट्टा कमाउनु हुँदैन । अँध्यारोमा अल्मलिनु हुँदैन ।
मानव जातीको साहित्यिक ईतिहासमा कला कलाको लागि मात्र हो, कला मनोरञ्जनको लागि मात्र हो भन्ने नाममा बुर्जुवा वर्गकै सेवा गर्ने बुर्जुवा कला र साहित्यको युगौ सम्म एक्लौटी इतिहास निर्माण भएको पाइन्छ । हाम्रै देशको इतिहास हेर्यौ भने पनि कयौं समय सम्म शासकहरुको भक्ति गानमा समर्पण गरिएका बाहेक गरिव जनताको सेवामा समर्पित कला र साहित्यको इतिहास खोजेर पाउन सकिदैन । शासकहरुका सेवामा अलिकति मात्रै पनि तलमाथि हुने कला र साहित्य सृजना गरिएको पाइयो भने हात काटिने, जिब्रो थुतिने, जेलमा कोचिने, फाँसीको तख्तामा झुन्ड्याइने जस्ता नियती भोग्नु पर्दथ्यो ।

तर आजको युग यो भन्दा निकै अगाडि बढेको छ । अव बुर्जुवा र शासक वर्गको एक्लौटि सेवा गर्ने कला र साहित्यको मात्रै होइन हाम्रो अगाडि सर्वहारा तथा श्रमजीवि वर्गको सेवा गर्ने माक्र्सवादी कला र साहित्यको गौरवपूर्ण इतिहास पनि सँग सँगै अगाडि बढिरहेको छ । माक्र्सवादी साहित्यको इतिहासमा कला कलामा मात्रै सिमित छैन । अवको कला र साहित्य जीवन र जगतको परिवर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्तन सँग पनि जोडिएको छ । माक्र्सवादी कला र साहित्यले केवल कलालाई मनोरञ्जनको साधन मात्र ठान्दैन । माक्र्सवादी कला र साहित्यले न्याय र समानताको निम्ति, सर्वहारा वर्गको मुक्तिको निम्ति असिम उर्जा पनि पैदा गर्दछ ।

त्यसैले माक्र्सवादी स्रष्टाहरुको जीवनमा वुर्जुवा स्रष्टाहरुको जस्तो नाम र दाम छैन । ऐस, आराम, र मस्ति छैन । मान सम्मान र पुरस्कार छैन । छ त केवल संघर्ष । यही संघर्षको बीचवाट हामीले आफ्ना कला र साहित्यलाई जीवन र जगतको परिवर्तनमा खर्चिने हो । यही संघर्षकै बीचवाट हामीले आफ्ना कला र साहित्यलाई न्याय समानता र सर्वहारा श्रमजीवि वर्गको सेवाको लागि समर्पित गर्ने हो । यी कुरालाइ सवैले मनन गरी कहिलै नथाक्ने अविराम यात्री बनी निरनतर अगाडि बढिरहौं । यो कुरा सत्य हो कि माक्र्सवादी स्रष्टाहरु हिड्ने बाटो कठिन छ तर भविष्य उज्वल छ ।

लेखक प्रगतिशिल लेखक संघ कर्णाली प्रदेशका अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update