प्रतिनिधि र प्रदेश सभा निर्वाचन
रूकुम पश्चिममा मंगलबार बिहान ७ बजेबाट मात्र मतगणना सुरू हुने
रुकुम पश्चिममा मंगलबार बिहानबाट मात्र मतगणना सुरु हुने भएको छ । अहिले बसेको सर्वदलिय बैठकको निर्णय अनुसार प्रदेश र प्रतिनिधि सभाकाे मतगणना बिहान ७ बजेदेखि सुरु हुने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । मत पेटिका संकलनमा ढिलाई हुँदा मतगणना सुरु हुन समय लागेको हो । मध्यरातमा बसेको सर्वदलिय बैठकले भोली बिहानबाट मात्र मत गणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणना सम्बन्धी सर्वदलिय सहमति भइसकेको र बिहान ठिक ७ बजेदेखि मतगणना सुरु हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । अन्य वडाको मत सोमबार बिहानसम्म संकलन भइसकेको भएपनि आठबीसकोट नगरपालिका वडा नम्बर १ देखि ६ सम्मका मतपेटिका सोमबार साँझमात्र जिल्ला सदरमुकाम ल्याइपर्याइएका थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ००:१९
प्रतिक्रिया दिनुहोस्