Kakhara सबैको खबर सम्पूर्ण खबर
फिफा विश्वकपः नेदरल्याण्ड्सकाे विजयी सुरूवात

फिफा विश्वकप २०२२ को तेस्रो खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । दोहाको अल थुमामा रंगशालामा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्याण्डले जित हात पारेको हो ।

खेलको ८४ औँ मिनेटमा नेदरल्याण्ड्सका कोडी गाक्पोले हेडिङ गर्दै पहिलो गोल गरेका थिए । त्यसपछि फेरि इन्जुरी समयमा क्लासेनले अर्को गोल गरे । समूह ए मा रहेको नेदरल्याण्ड दोस्रो स्थानमा रहेको छ । यो जितसँगै नेदरल्याण्डले ३ अंक जोडेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ००:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update