Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वः प्रतिनिधि सभामा माओवादी केन्द्र र प्रदेश सभा १ मा बल्बको अग्रता

रुकुम पूर्वमा मतगणना भइरहेको छ । सोमबार राति साढे १२ बजे देखि मतगणना सुरु गरिएको थियो । 

एक हजार पाँच सय ८२ मतगणना हुँदा प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर र प्रदेश सभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार बिजुलीको बल्ब चुनाव चिन्हका सुरुल पुन मगर (अजयशक्ति)ले अग्रता कायम राख्नु भएको छ । सहायक निर्वाचन अधिकृत केशव पराजुलीका अनुसार प्रतिनिधि सभामा माओबादी केन्द्रका घर्ती मगरले नौ सय २० मत पाउनु भएको छ । यसैगरी नेकपा एमालेका कैलाशकुमार मल्लले चार सय ३४, स्वतन्त्र चन्द्रराज झाँक्री मगरले ५८, राप्रपाका खिमबहादुर खत्रीले ६, नेश्नलिष्ट पिपल्स पार्टीका दलबहादुर बुढा मगरले ५७ र मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढा मगरले ३ मत पाउनु भएको छ । 

यसैगरी प्रदेश सभा क्षेत्र नम्बर १ मा बिजुलीको बल्ब चिन्ह भएका स्वतन्त्र उम्मेदवार सुरुल पुन मगरले अग्रता कायम राख्नु भएको छ । एक हजार पाँच सय ८० मतगणना हुँदा पुन मगरले आठ सय ३२, सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका तेजबहादुर ओलीले ६ सय ५८, लाल्टिन चुनाव चिन्ह लिनु भएका अर्का स्वतन्त्र उम्मेदवार दुतकुमार पुन मगर (गुमान)ेले २४ र मंगोल नेशनल अर्गनाइजेसनका लेखन बुढा मगरले २ मत पाउउनु भएको सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update