Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रदेश सभा ‘क’ मा कडा प्रतिस्पर्धा, स्वतन्त्रको अग्रता कायमै 

रुकुम पूर्व प्रदेश सभा ‘क’ मा कडा प्रतिस्पर्धा भइरहेको छ । स्वतन्त्र उम्मेदवार सुरुल पुनले सुरुवाती अग्रतालाई कामय राख्नुभएको छ । उहाँलाई नेकपा माओवादीका तेजबहादुर ओलीले पछ्याइरहनुभएको छ । ७ हजार ८ सय ४८ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार पुनले ३ हजार ३ सय २४ मत ल्याउनुभएको छ भने माओवादी उम्मेदवार ओलीले ३ हजार २ मत पाउनुभएको छ ।

अन्तर ३ सय २२ को रहेको छ । त्यस्तै यो क्षेत्रमा एमाले उम्मेदवार तेजेन्द्र बुढाले ३ सय ४, स्वतन्त्र उम्मेदवार ध्रुव पुनले ८ सय ५९ र मंगोल नेशनल अर्गनाइजेशनका पुरा पुनले ५५ मत पानुभएको छ । त्यस्तै प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रको अग्रता छ । माओवादीका पूर्णबहादुर घर्तीले ३ हजार १ सय ६ मतले अग्रता लिदा नेकपा एमालेका कैलाशकुमार मल्लले १ हजार २ सय ४८ मतले पछ्याइरहनुभएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update