जामाखोला लघु जलविद्युत आयोजनामा दशैंको मुखैमा पहिरो गयो । पहिरोले आयोजनाको ठूलो क्षेती गर्यो । रुकुम पूर्व सिस्ने गाउँपालिका ८, धपे स्थित यस आयोजना पहिरो गएकै वर्ष विद्युत आयोजना मर्मत सुरु भयो । तर यो मर्मत भएर सुचारु हुन भने लामो समय लाग्यो । २०७५ असोज ३० गते आयोजनामा आएको पहिरोले आयोजनाको विद्युत गृहदेखि अन्य संरचनामा ठूलो क्षेती पुर्याएको थियो ।
पहिरो गएकै बर्षदेखि उक्त विद्युत आयोजना मर्मत थालिएको थियो । तर उक्त आयोजना मर्मत भइ सुचारु हुन २९ महिना लाग्यो । २०७७ फागुन १६ गते विद्युत सेवा सुचारु भयो । निर्माण तथा मर्मतकै क्रममा फेरि पनि पहिरोले उक्त विद्युत आयोजनामा क्षेती पुर्याएपछि ढिलाई भएको समितिका अध्यक्ष विर्खबहादुर बुढाले बताउनुभयो । प्रतिनिधि सभा सदस्य कमला कमला रोकाको पूर्वाधार क्षेत्र विकास कार्यक्रमको ४९ लाख ९७ हजार १ सय ७२ रुपैयाँ खर्चेर उक्त विद्युत आयोजना मर्मत भएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
९० किलोवाट विद्युत उत्पादन क्षेमता रहेको यो आयोजनाबाट उत्पादित विद्युत सिस्ने गाउँपालिकाको ७ र ८ वडाका साथै रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, का उपभोक्ताको घरमा पनि जडान गरिएको छ । २०७२ माघ २६ गतेदेखि यो आयोजनाबाट विद्युत उत्पादन सुरु भएको थियो । त्यसको ४ वर्षपछि आयोजनामा पहिरो गएको थियो । आयोजनाको मुख्य नहर बुझिएर पहिरो गएको थियो । आयोजनाको विद्युत ९ सय २६ उपभोक्ताको घरमा जडान गरिएको छ ।
बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको २ करोड ३१ लाख र स्थानीयको श्रमदान गरी ४ करोड लगानीमा उक्त विद्युत आयोजना निर्माण सम्पन्न भएको थियो । सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले लामो प्रयास र मेहनतपछि जामाखोलाको विद्युत सुचारु भएको जानकारी दिनुभयो । स्थानीय तह, संघीय सरकारको पूर्वाधार क्षेत्र विकास कार्यक्रमको विद्युत मर्मत गरेको उपाध्यक्ष बुढाले बताउनुभयो । विद्युत सुचारु भएपछि नागरिकलाई थप सजिलो भएको उहाँको भनाई छ । आयोजना मर्मतको क्रममा उपभोक्ताकोमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विद्युत जडना गरिएको थियो ।