प्रतिनिधि र प्रदेश सभा निर्वाचन
रुकुम पूर्व प्रदेश सभा ‘क’ मा मतगणना अन्तिम चरणमा, स्वतन्त्रको अग्रता कायमै
रुकुम पूर्व प्रदेश सभा ‘क’ मा मतगणना अन्तिम चरणमा पुगेको छ । पुथाउत्तरगंगा गाउँपालिकाका १४ र भूमे गाउँपालिकाका ५ वटा वडा रहेको यस क्षेत्रमा अव पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ९ को मात्र मत गणना गर्न बाँकी रहेको छ । मत गणना अन्तिम चरणमा आइपुग्दा स्वतन्त्र उम्मेदवार सुरुल पुनको अग्रता कायम रहेको छ ।
उहाँले माओवादीका उम्मेदवार तेजबहादुर ओलीलाई ४ सय ८२ मतले पछाडि पार्नुभएको छ । पुनले ४ हजार २ सय ८५ मत पाउँदा माओवादी केन्द्रका ओलीले ३ हजार ८ सय ३ मत ल्याउनुभएको छ । गठबन्धनका उम्मेदवार ओलीले मतान्तर घटाएपनि अझै ४ सय ८२ मतको अन्तर रहेको छ । अव केही समयमा प्रदेश क को अन्तिम परिणाम आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १९:२६
प्रतिक्रिया दिनुहोस्