Kakhara सबैको खबर सम्पूर्ण खबर
मतान्तर बढाउँदै जनार्दन 

रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका अर्थमन्त्री जनार्दन शर्माले मतान्तर बढाउदै लैजानुभएको छ । ३ हजार ३३ मत गणना हुँदा शर्माले १ हजार ९ सय ४४ मत पाउनुभएको छ । उहाँलाई नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनुभएका नन्दराम देवकोटाले ७ सय ३४ मतका साथ पछ्याइरहनुभएको छ । स्वतन्त्र उम्मेदवार तारक केसीले १ सय ३८, राप्रपाका दिपककुमार मल्लले ८१ र मंगोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले ८ मत पाउनुभएको छ । 

त्यस्तै जिल्लाका दुवै प्रदेश सभामा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । प्रदेश क मा २ हजार ८९ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका महेन्द्र केसीले १ हजार ४ सय १९ मत पाउनुभएको छ भने एमालेका नारायणकुमार शाहले ४ सय ३८ मतका साथ पछ्याइरहनुभएको छ । राप्रपाका विनोदकुमार शाहले १ सय ७९ मत पाउनुभएको छ । 

प्रदेश सभा ख मा माओवादी केन्द्रका राजकुमार शर्माले ४ सय ९९ मतका साथ अग्रता बनाइरहनुभएको छ । उहाँलाई पछ्याइरहनुभएको नेकपा एमालेका कर्णबहादुर घर्तीले ३ सय १ मत पाउनुभएको छ । राप्रपाका निर्जल केसीले २० मत पाउनुभएको छ । प्रदेश ख मा १ हजार ५ सय ९३ मत गणना भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update