Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रदेश ‘क’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी  

रुकुम पूर्व प्रदेश सभा ‘क’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित हुनुभएको छ । ४ हजार ४ सय ६५ मत ल्याएर उहाँले विजयी हाँसिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीले ३ हजार ९ सय ३२ मत ल्याउनुभयो ।

५ सय ३३ मतान्तरले पुन विजयी हुनुभयो । माओवादी केन्द्रका प्रदेश समिति सदस्य रहनुभएका पुनले आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो । उहाँलाई पार्टीले कारबाही गरिसकेको छ । उहाँ संगै अन्य नेताहरुलाई पनि पार्टीले कारबाही गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update