रुकुम पूर्वको प्रदेश सभा (ख) मा सुरुवाति चरण देखि नै सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर केसीले अग्रता कायम राखिराख्नु भएको छ । मंगलबार राति ८ बजे देखि प्रदेश सभा (ख)को मतगणना सुरु गरिएको थियो । सुरुवाति चरण देखि नै नेपाली कांग्रेसका केसीले अग्रता कायम राखिराख्नु भएको हो ।
अहिले केसीले दुई हजार ७५ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी घोडा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार नरहरि खड्काले पछ्याइ राख्नु भएको छ । खड्काले एक हजार पाँच सय १२ मत प्राप्त गर्नु भएको छ । यसैगरी तेस्रोमा नेकपा एमालेका भावना बुढाथोकीले तीन सय ९५, जिप चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार केशव रावलले दुई सय ८०, मंगोल नेशनल अर्गनाइजेसनका लेखन बुढा मगरले ६९, राप्रपाका केशव चन्द्र समालले ६० र लान्टिन चुनाव चिन्हका अर्का स्वतन्त्र उम्मेदवार पूर्णजंग सिंहले ८ मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधि सभा तर्फ गठबन्धनका पूर्णबहादुर घर्ती मगरले एमालेसँग फराकिलो मतान्तरले अग्रता कायमै राखिराख्नु भएको छ भने प्रदेश सभा (क) मा गठबन्धनका तेजबहादुर ओलीलाई स्वतन्त्र उम्मेदवार सुरुल पुन मगरले पराजित गर्नु भएको छ ।