प्रतिनिधि र प्रदेश सभा निर्वाचन
मतान्तर बढाउँदै जनार्दन, ४ हजारको अग्रता
रुकुम पश्चिम प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले मतान्तर बढाउनुभएको छ । १० हजार १ सय १७ मत गणना गर्दासम्म उहाँले नेकपा एमालेका नन्दराम देवकोटालाई ३ हजार ९ सय ९७ मतले पछि पार्नुभएको छ । शर्माले ६ हजार ४ सय ९३ मत पाउँदा एमालेका देवकोटाले २ हजार ४ सय ९६ मत पाउनुभएको छ ।
त्यस्तै राप्रपाका दिपककुमार मल्लले २ सय ४०, स्वतन्त्र तारक केसीले ५ सय २५, मंगोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले १७ र स्वतन्त्र राजन पाण्डेले १५ मत पाउनुभएको छ । एउटा प्रतिनिधि सभा सदस्य रहेको रुकुम पश्चिममा ६० हजार ५ सय २७ मत खसेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ११:३४
प्रतिक्रिया दिनुहोस्