Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रतिनिधि सभामा माओवादीका घर्तीलाई ६ हजार ४ सयको अग्रता 

रुकुम पूर्व प्रतिनिधि सभामा गठबन्धनले अग्रता लिइरहेको छ । गठबन्धनका तर्फबाट माओवादीका पूर्णबहादुर घर्तीले १० हजार ९ सय २१ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले ४ हजार ४ सय २७ मत पाउनुभएको छ ।

उहाँहरुका विचमा ६ हजार ४ सय ९४ को मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र चन्द्रराज झाक्रीले ८ सय ५२, मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बुढाले ४ सय ५५, राप्रपाका खिमबहादुर खत्रीले ३ सय ३६ र नेश्लिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले २ सय ९५ मत पाउनुभएको छ ।  
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update