Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व प्रतिनिधि सभामा माओवादी केन्द्रका घर्ती मगर भारी मतले विजयी

रुकुम पूर्व प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभा तर्फ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर भारी मतले विजयी हुनु भएको छ । घर्ती मगरले १२ हजार २ सय ६२ मत प्राप्त गरी विजयी हुनु भएको हो । 

घर्ती मगरका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत प्राप्त गर्नु भएको हो । सात हजार ५१ मतान्तरले घर्ती मगर विजयी हुनु भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्री मगरले ८ सय ९६,राष्ट्रिय प्रजातन्त्र पार्टीका  खिमबहादुर खत्रीले ५ सय ८६, मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढा मगरले ४ सय ६४ र नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढा मगर ३ सय ३ मत प्राप्त गर्नु भएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update