रुकुम पूर्वका प्रदेश सभा (क)का स्वतन्त्र तर्फबाट नव निर्वाचित प्रदेश सांसद् सुरुल पुन मगर (अजयशक्ति)ले सहिद स्मारिकामा फूलमाला आवरण गर्नु भएको छ । प्रदेश सभा (क)मा निर्वाचित भएपछि विजय जुलुस तथा कोण सभा कार्यक्रम गर्नु अघि नव निर्वाचित प्रदेश सांसद् पुन मगरले सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित मध्यपहाडी राजमार्ग छेउमा रहेको सहिद स्मारिकामा फूलमाला आवरण गर्नु भएको हो ।
सहिदहरूलाई साक्षी राख्दै तथा सम्झिदै स्वतन्त्र तर्फबाट नव निर्वाचित प्रदेश सांसद् पुन मगरले सहिद स्मारिकामा माला आवरण गर्नु भएको हो । सहिद पार्कमा फूलमाला आवरण पश्चात् विजय जुलुस ¥याली प्रदर्शन गर्दै छिप्रिदहमा पुगी कोण सभामा परिणत गरिएको थियो । विजय कोण सभालाई नव निर्वाचित प्रदेश सांसद सुरुल पुन मगर स्वतन्त्र उम्मेदवार समर्थक रामसुर बुढा मगर (विरता), जितमान पुन मगर (मार्सल) लगायत अन्य व्यक्तित्त्वले कोण सभालाई सम्बोधन गर्नु भएको थियो ।
विजय जुलुसको केही तस्बिरहरूः