Kakhara सबैको खबर सम्पूर्ण खबर
जनार्दन शर्मा तेब्बर मतान्तरले अघि 

रुकुम पश्चिम प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा जित तर्फ उन्मुख हुनुभएको छ । जम्मा ६० हजार ५ सय २७ मत खसेकामा ३६ हजार ७ सय १६ मत गणना गर्दासम्म शर्माले तीन गुणाको अग्रता कायम गर्नुभएको छ । 

शर्माले २४ हजार ८ सय २४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्ति नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत पाउनुभएको छ । शर्माले १६ हजार ७ सय ९३ मतले अग्रता लिइरहनुभएको छ । अर्थमन्त्री समेत रहनुभएका शर्माको जित लगभग निश्चित भएको छ । 

अव २३ हजार ८ सय ११ मत गणना गर्न बाँकी छ । गणना गर्न बाँकी मत भन्दा शर्माले बनाएको अग्रता केही कम मात्र रहेको छ । त्यस्तै प्रतिनिधि सभा तर्फ राप्रपाका दिपकुमार मल्लले ५ सय ५४, स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ७ सय ८, मंगोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले ७१ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले ५४ मत पाउनुभएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update