Kakhara सबैको खबर सम्पूर्ण खबर
फराकिलो मतान्तर सहित जनार्दन शर्मा लगातार चौथो पटक निर्वाचित

नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा लगातार चौथो पटक निर्वाचित हुनुभएको छ । २०६४ पछि उहाँ लगातार रुकुम पश्चिमबाट निर्वाचित भइरहनुभएको छ । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएर जितमा ह्याट्रिक गर्नुभएका शर्माले २०७९ मंसिर ४ को निर्वाचनबाट थप अर्को रवाफिलो जित हाँसिल गर्नुभएको छ ।

चौथो पटक निर्वाचित हुन उहाँले आफ्ना प्रतिद्धन्दिलाई साढे २६ हजारको मतान्तरले पराजित गर्नुभएको छ । आज बिहान सकिएको मतगणना अनुसार शर्माले आफ्ना निकटतम प्रतिद्धन्दि नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतको अन्तरले पराजित गर्नुभयो । कुल ६० हजार ५ सय २७ मत खसेकामा शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाउनुभएको छ ।

अन्य उम्मेदवार मध्ये स्वतन्त्र तारक केसीेले ३ हजार ५ य ६७, राप्रपाका दिपकुमार मल्लले ७ सय ९६, स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २ सय १४ र मंगोलनेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २ सय ८ मत पाउनुभयो । बाम–लोकतान्त्रिक गठबन्धनबाट रुकुम पश्चिममा सबै क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए । प्रतिनिधि सभामा सभामा शर्मासहित दुवै प्रदेश सभामा पनि माओवादीका उम्मेदवार फराकिलो मतान्तर सहित विजयी भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update