रुकुम पश्चिममा प्रतिनिधि सभा तर्फको समानुपातिक मतमा नेपाली कांग्रेस तेस्रो पार्टी भएको छ । जनमतका आधारमा जिल्लाको दोस्रो पार्टी नेपाली कांग्रेस यसपटकको निर्वाचनमा भने समानुपातिक निर्वाचन तर्फ संघमा तेस्रो पार्टी बनेको छ । नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी ३४ हजार ३ सय ४७ मत पाएको छ ।
कांग्रेस र एमालेका विचमा कडा प्रतिस्पर्धा देखिएको छ । ८ हजार ७ सय ६९ मतका साथ नेकपा एमाले प्रतिनिधि सभाको समानुपातिक तर्फ दोस्रो बनेको छ । कांग्रेसले एमालेको भन्दा तीन मत कम अर्थात ८ हजार ७ सय ६६ मत पाएको छ ।
रुकुम पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो भएको छ । उसले नेकपा एकीकृत समाजवादी पार्टीको भन्दा बढी मत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ८ सय ६१ मत पाउँदा नेकपा एसले १ हजार ५ सय १० मत पाएको छ । जिल्लामा प्रतिनिधि सभाको समानुपातिक तर्फ कुल ६० हजार ८ सय ४६ मत खसेकामा ३ हजार ४ सय ७० मत बदर भएको थियो ।
दलहरूले पाएकाे मतः