प्रतिनिधि र प्रदेश सभा निर्वाचन
रुकुम पश्चिमबाट प्रदेश समानुपातिकमा कुन दलले कति मत पाए ?
रुकुम पश्चिमबाट प्रदेश समानुपातिक तर्फ पनि नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी मत पाएको छ । प्रदेश समानुपातिकमा कुल ५९ हजार ९ सय ७७ मत खसेकामा माओवादीले ३४ हजार २ सय ५९ मत पाएको छ । प्रदेश तर्फ भने जिल्लामा नेपाली कांग्रेस दोस्रो भएको छ ।
उसले ९ हजार ३८ मत पाएको छ । नेकपा एमालेले कांग्रेसकै हाराहारीमा ८ हजार ९ सय ८१ मत पाउँदा नेकपा एकीकृत समाजवादीले २ हजार ३ सय ७१, राप्रपाले ७ सय ५१ मत पाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०८:५०
प्रतिक्रिया दिनुहोस्