Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा कलमले भन्दा घण्टीले बढी मत पायो 

देशभरीमै अस्वभाविक मत हाँसिल गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम पश्चिमबाट पनि राम्रो मत पाएको छ । जिल्लामा बिना कुनै प्रचार उसले समानुपातिक तर्फ चौथो शक्तिका रुपमा उभ्याएको छ । उसले नेकपा एकीकृत समाजवादीको भन्दा बढी मत पाएको छ । 

कुनै उम्मेदवार नहुँदा नहुँदै र कुनै प्रचार नगरीकनै घण्टीमा १ हजार ८ सय ६१ मत खसेको छ । यद्धपि ठूलो चुनावी प्रचारका वावजुत पनि नेकपा एसका पक्षमा १ हजार ५ सय १० मत खसेको छ । कलमको तुलनामा घण्टीले ३ सय ५१ मत बढी पाएको छ । 

Samanupatik Province1669345668.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update