रुकुमको तत्कालिन नुवाकोट गाविस वडा नम्बर ४ (हालको चौरजहारी नगरपालिका १४) मा २०२८ साल असोज १८ गते आमा यशोदा शर्मा र बुवा टिकाराम शर्माका कान्छा छोराका रुपमा जन्म भयो राजकुमार शर्माको । ६ भाइबहिनी मध्येका कान्छा राजकुमार सानैदेखि विद्रोही स्वभावका हुनुहुथ्यो । गाउँका हुने खाने र ठालुहरुले सामान्य जनतामा गर्ने अन्याय र अत्याचारले सानैदेखि उहाँलाई छुन्थ्यो । घरमा हुने राजनीतिक छलफलले समेत उहाँलाई सानैदेखि राजनीतिप्रति आकर्षित गरिरहेको थियो । २०४० सालमा छिमेकीले आफुहरुलाई दमन गर्दा आफुहरुले त्यसको प्रतिकार गरेको र सो पश्चात केही दिन फरार हुनेपरेको उहाँलाई अहिलेपनि सम्झना छ । बुझ्ने भएदेखि नै गाउँमा हुने हरेक प्रकारका दमन र विभेदका विरुद्ध आवाज उठाइहाल्ने राजकुमार आफुलाई सधैका विद्रोही भन्न रुचाउनुहुन्छ ।
२०४१ सालमा तत्कालिन मोटो मसालको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला उहाँकै घरमा भयो । जाजरकोट, सल्यान र रुकुमका विद्यार्थीहरु उहाँको घरमा भेला भएका थिए । उक्त सम्मेलनका लागि पुग्नुभएको थियो विद्यार्थी संगठनका केन्द्रीय नेता यदु गौतम । उक्त भेलाले त पनि यो संगठनको सदस्य भइस है भनेको उहाँलाई सम्झना छ । त्यसपछि २०४३ सालमा जिल्ला सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता मावि र यमूना नन्द नमूना मावि सेरिगाउँलाई समेटेर बनाइएको विद्यार्थी संगठनको खलंगा इकाई कमिटीमा उहाँ जोडिनुभयो । त्यसपछि उहाँ विद्यार्थी संगठनमा सक्रियतापूर्वक लाग्नुभयो । २०४५ सालमा विद्यार्थी संगठनको जिल्ला सदस्य हुनुभयो ।
२०४६ सालमा उहाँले मोटो मसालको सदस्यता प्राप्त गर्नुभयो । २०७४ सालदेखि पार्टीमा पूर्णकालिन हुनुभयो । त्यसपछि उहाँ पार्टीको युवा संगठनमा जोडिनुभयो । यही क्रममा शर्माले २०४८ र २०५० सालमा सैन्य तालिम समेत लिनुभयो । २०४७ सालदेखि युवा संगठनमा आवद्ध हुनुभएका शर्माले भूमिगत रुपमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यतिबेला ग्रामिण वर्ग संघर्ष अन्तरगत विभिन्न विभेदका घटना विरुद्ध विद्रोह देखि सामुहिक खेती लगायतका जनसेवाका विभिन्न काममा उहाँले रुकुमको पूर्वी भाग हुकाम, मैकोट, तकसेरा लगायतका ठाउँमा समय विताउनुभयो । सोही अवधिमा उहाँले सेना उत्पादनको काममा पनि भूमिका खेल्नुभयो । यही बेला उत्पादन भएका सेना पछि २०५२ देखि सुरु भएको जनयुद्धमा सहभागि भए । मोटो मसाल, त्यसपछि एकता भएर बनेको जनमोर्चा हुँदै उहाँ माओवादीले २०५२ सालदेखि सुरु गरेको जनयुद्धमा सामेल हुनुभयो ।
उहाँले पार्टीभित्र संगठकको जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यसक्रममा उहाँले एक दर्जन युद्धको राजनीतिक नेतृत्व समेत गर्नुभएको छ । जनयुद्ध सुरु भएपछि जनयुद्धका बारेमा गलत प्रचार गर्ने प्रयास भएको पाइएपछि पार्टीले सशस्त्र कब्जा अभियान चलायो । उहाँ त्यसको सदस्य हुनुभयो र गाउँ गाउँमा गएर जनयुद्ध र यसको उदे्श्यका बारेमा बुझाउने काम गर्नुभयो । पछि यो अभियानलाई पार्टी केन्द्रले पनि ग्रहण गर्यो ।
ठूलो परिवर्तनको नेतृत्व रुकुमले गरेपनि यहाँका जनताले अझैपनि त्यसको स्वाद चाख्न पाएका छैनन् । अव अवस्था बदल्ने हाम्रो मुख्य जिम्मेवारी छ । जनता पनि यही चाहिरहेका छन् । जनताले हामीलाई विश्वास गरिराख्नुको मुख्य कारण पनि यही हो ।
२०५४ सालमा भने उहाँको कर्णाली उपक्षेत्रिय व्युरोमा सरुवा भयो । त्यसपछि उहाँले साविकको कर्णाली अञ्चलका विभिन्न जिल्लामा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । उहाँले जुम्ला, कालिकोट, मुगु र बाजुराका विभिन्न भागलाई जोडेर बनाइएको जिल्लाको सेक्रेटरी र इन्चार्ज भएर २०५४ देखि २०५८ सम्म काम गर्नुभयो । २०५८ देखि २०६१ सम्म भने उहाँले हुम्ला, मुगु र बाजुराको सेक्रेटरी तथा इन्चार्ज भएर काम गर्नुभयो । २०५७ तिर उहाँले भेरी कर्णाली क्षेत्रिय व्यरोमा पनि काम गर्नुभयो । २०६१ तिर दैलेखमा प्रतियुद्धको अवस्था देखिएपछि पार्टीले त्यहाँ खटायो र सेक्रेटरी र इच्चार्ज भएर काम गर्नुभयो । शान्ति प्रक्रियापछि २०६३ देखि ०६६ सम्म उहाँले थारुवान राज्यको प्रचार विभाग प्रमुख भएर काम गर्नुभयो भने २०६७ देखि २०७४ सम्म नेवा राज्यमा काम गर्नुभयो । २०६८ मा उहाँ पार्टीको केन्द्रीय सदस्य बन्नुभयो भने २०७४ मा उहाँ माओवादीको पोलिटव्युरो सदस्य हुनुभयो । २०७१ तिर उहाँले पार्टी केन्द्रीय प्रचार विभागमा रहेर काम पनि गर्नुभयो भने कर्मचारी महासंघको केन्द्रीय सह इन्चार्जको भुमिका निर्वाह गरेको अनुभव समेत उहाँसंग छ । २०७४ मा भने उहाँ जिल्ला फिर्ता हुनुभयो । २०७४ को स्थानीय तहबाट चौरजहारी नगरपालिका १४ को वडा सदस्यमा निर्वाचित हुनुभएका शर्मा ५ वर्ष जिल्ला समन्वय समितिको प्रमुख हुनुभयो । यो विचमा २०७५ देखि उहाँले रुकुम पश्चिमको इन्चार्ज र २०७८ सालमा कर्णाली प्रदेश अध्यक्ष भएर काम गर्नुभयो । २०७५ मा उहाँ नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको पनि केन्द्रीय सदस्य हुनुभयो हाल उहाँ नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।
उनै शर्मा रुकुम पश्चिम प्रदेश सभा ‘ख’ बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका कर्णबहादुर घर्तिलाई १२ हजार ८२ काे फराकिलो मतान्तरले पराजित गर्दै शर्मा प्रदेश सदस्यमा निर्वाचित हुनुभएको हो । शर्माले २० हजार १ सय ६० मत पाउँदा घर्तिले ८ हजार ७८ मत पाउनुभयाे । शर्मालाई कर्णाली प्रदेशको सम्भावित मुख्यमन्त्रीका रुपमा समेत हेरिएको छ । उनै शर्मासंग हामीले विभिन्न समसामयिक विषयमा कुराकानी गरेका छौं । उक्त कुराकानीका आधारमा शर्माले विभिन्न सवालमा व्यक्त गरेका भावको सार संक्षेप यहाँ प्रस्तुत गरेका छौं ।
व्यवस्था बदल्ने जनयुद्धको सदस्य हुन पाउँदा गर्व लाग्छ
नेपालमा हालसम्म भएका परिवर्तनको सार कारक जनयुद्ध हो । जनयुद्ध नभएको भए २०६२/०६३ को जनआन्दोलन सम्भव हुने थिएन र देशमा सजिलै अहिलेको जस्तो परिवर्तन हुन सक्ने अवस्था आउने थिएन । राज्यले गरेको दमनले जनयुद्ध निम्त्याएको हो । हरेक तिरबाट राज्य जनता माथि दमन गर्न नउत्रिएको भए सायदै जनयुद्ध हुने थियो । अन्य दलहरु संवैधानिक राजतन्त्रको पक्षमा भएपनि जनयुद्धका कारण जवरजस्ती सबै दललाई राजतन्त्रका विरुद्धमा उत्रिन बाध्य बनाएको हो । जनयुद्धकै बलमा देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता प्राप्त भएको हो । केही मान्छेले पुरानै व्यवस्था सही भन्छन तर यो सही होइन भ्रम हो । जनयुद्धको एउटा सदस्य हुन पाउँदा अहिले मलाई गर्व लाग्छ ।
म कर्णालीका लगभग सबै भूगोलमा पुगेको छु । यहाँका समस्या र सम्भावनाका बारेमा राम्ररी जानकार छु । यहाँको समस्यालाई हल गरेर कर्णालीलाई समृद्ध बनाउन आवश्यक छ ।
कम्युनिष्ट आन्दोलनको शुद्धिकरण र सधृढिकरण आवश्क छ
माओवादीले उठाएका धेरै मुद्धाहरु स्थापित भएपनि अझ धेरै आन्दोलन पुरा हुन बाँकी रहेका छन् । प्रमुख कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका मुद्धालाई स्थापित गर्न सशक्त कम्युनिष्ट आन्दोलनको आवश्यकता रहेको छ । अव सिंगो कम्युनिष्ट आन्दोलन शुद्धिकरण र सुधृढिकरण हुन आवश्यक छ । शुद्धिकरण भनेको जनतातिर फर्किने कुरा, जनता र वर्गप्रति फर्किने कुरा हो र यो दृष्टिकोणको कुरा हो । सुधृढिकरण भनेको हामी लथालिंग भएका छौं, छरिएका छौं । यसलाई संगठिन गर्नुपर्छ । र अर्को कुरा हामी राज्यसत्ता बाहेक अरु सबै भ्रम हो भन्ने लेनिनवादी मान्यताका साथ अघि बढेका मान्छे हौं । तर हामी राज्य सत्तामा पुगेको जस्तो महशुस अझै भएको छैन् । हामी सरकारमा त पुगिरहेका छौं । जब जब हामी सरकारमा जान्छौं तव तब जनतामा फर्किनुको विकल्प छैन् । पारदर्शिता र सुशासनको पाटो कमजोर छ । अहिले राष्ट्रको व्यवस्थापन र कुशल व्यवस्थापकको आवश्यकता छ । भएकाहरु अपुग छन् ।
कर्णाली ऐतिहासिक सम्पदा हो
सिंगो कर्णाली ऐतिहासिक सम्पदा हो । कर्णाली नेपाली भाषाको उत्पत्ति स्थल हो । कला संस्कृति र व्यापार व्यवशायका लागि पुरानो विरासत बोकेको ठाउँ हो । श्रम, प्रकृति, भूगोल, पर्यटन, जल जमिन लगायतमा प्रचुर सम्भावना बोकेको र धनी क्षेत्र हो कर्णाली । म कर्णालीका लगभग सबै भूगोलमा पुगेको छु । यहाँका समस्या र सम्भावनाका बारेमा राम्ररी जानकार छु । यहाँको समस्यालाई हल गरेर कर्णालीलाई समृद्ध बनाउन आवश्यक छ । हिजोका ठालुहरुले पिछडिएको भनेको र पछाडि पारेको कर्णालीलाई माथि उठाउन सकिन्छ । कर्णालीबाट समृद्धिको अभियान थालनी गर्नुपर्छ ।
यो घमण्ड होइन, हरेक कालखण्डमा रुकुम नै मार्गदर्शक बनेको छ
रुकुमले राजनीतिक परिवर्तनका लागि दुःख, कष्ट गर्न थालेको लामो समय भइसकेको छ । २००८ साल देखि कामी बुढाले संगठित गरेको रुकुम अहिलेसम्म पनि संगठित छ । कम्युनिष्ट आन्दोलनमा रुकुमको भूमिका अहम छ । रुकुम सधै परिवर्तनको पक्षमा उभिएको छ । कम्युनिष्ट आन्दोलनको सुरुवात देखि निष्कर्षसम्म पुग्दा रुकुमले ठूलो योगदान र नेतृत्वदायी भूमिका निभाएको छ । यो घमण्ड होइन रुकुम सबै परिवर्तनको पक्षमा उभिएको छ र त्यसको नेतृत्व गरेको छ । हामीले धेरै पटक भनेका छौं व्यवस्था बदल्यौं तर अव अवस्था बदल्नुपर्छ । ठूलो परिवर्तनको नेतृत्व रुकुमले गरेपनि यहाँका जनताले अझैपनि त्यसको स्वाद चाख्न पाएका छैनन् । अव अवस्था बदल्ने हाम्रो मुख्य जिम्मेवारी छ । जनता पनि यही चाहिरहेका छन् । जनताले हामीलाई विश्वास गरिराख्नुको मुख्य कारण पनि यही हो ।
शान्ति प्रक्रियापछि पहिलो पटक गाडी गुडायौं, अव समृद्धको गाडी गुडाउँछौं
रुकुममा शान्ति प्रक्रियापछि पहिलो पटक गाडी गुडाउने काम हामीले गर्यौं । त्यो हाम्रो पहिलो विकासको प्रयास थियो । त्यसपछि बाटोघाटो देखि अन्य पूर्वाधार निर्माणमा हाम्रो ध्यान केन्द्रीत भयो । १ हजार ६ सय ४५ किलोमिटर सडक हाम्रो नेतृत्वमा रुकुममा मात्र खनिएको छ । अव त्यसको स्तरवृद्धिका लागि काम गरिरहेका छौं । एक घर एक धारको अवधारणा अनुसार जिल्लाका सबै घरमा खानेपानी पुर्याउने अभियानमा छौं । धेरै घरमा धारा पुगिसेका छन् । सिँचाइको अभाव अन्त्य गर्ने प्रयास गरिरहेका छौं । अव केही ठाउँमा सिँचाइको सुविधा पुर्याउनु छ । हाम्रा पार्टीका नेता तथा हालका माननीय अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा रुकुम उज्यालो कार्यक्रम सुरु भयो । पछि त्यसले देशव्यापी रुप लियो र सफल पनि भयो । बाँकी रहेका केही गाउँ छन् त्यहाँपनि बिजुली पुर्याउन गम्भिर रुपमा लागेका छौं । विद्यालयको भौतिक सुधार भएको छ अव शैक्षिक सुधारमा ध्यान केन्द्रीत भएको छ । स्वास्थ्य अवस्था कमजोरबाट मध्यमको अवस्थामा आइपुगेको छ । सञ्चारको अवस्था पनि सुधार भएको छ ।
प्रदेश सभाको सांसद भएपछि मुख्यमन्त्रीको दाबी गर्नु स्वभाविक हो । अहिलेसम्म जनताको आदेश पालना गरिरहेको छु । अवसर पाएमा कर्णाली प्रदेशको नेतृत्व गर्न सक्छु ।
जिल्लामा आधारभूत आवश्यकताहरु पुरा भएका छन् । अव त्यसमा टेकेर वेरोजगारी अन्त्य गर्ने लक्ष छ । वेरोजगारी अन्त्य हुने वित्तिकै गरिबी सकिने छ । यसका लागि हामीले जिल्लामा २ वटा अभियानको थालनी गरेका छौं । त्यो हो आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको अभियान । म जिल्ला समन्वय समितिको प्रमुख हुँदा सरकारी कम्पनी संचालन गरेर बिद्युत उत्पादन गर्ने कामको सुरुवात भएको छ । स्यार्पू कम्पनी लिमिटेडले बाँफिकोटमा ३.३ मेघावाट विद्युत उत्पादन गर्दै छ । यही कम्पनीले दैनिक १ लाख लिटर दुध खपत गर्ने गरी मुसिकोटमा डेरी उद्योग संचालन गर्दै छ । गाउँ गाउँमा विभिन्न उद्योगहरु स्थापना भएका छन् । जिल्लाका ६ हजार किसानलाई समुहमा संगठित गरेर सहुलियत ऋण प्रवाह गरिरहेका छौं । किसान शेयरको अवधारणा ल्याएका छौं । यि जम्मै सकारात्मक सूचक हुन् । अर्को कुरा कृषिमा व्यवशायिकता विकास गर्नुको विकल्प समेत छैन् । सामाजिक रुपान्तरण अन्तरगत महिला, दलित, गरिब लगायत उत्पीडनमा परेका जाती, वर्ग र समुदायलाई माथि उठाउने प्रयास जारी छ । समग्रमा राजनीतिक नेतृत्व जनतातिर फर्किने, जनताप्रति उत्तरदायी हुने र तीनै तहका सरकार तथा जनता परिचालन गरेर मात्र विकास सम्भव देख्छु म ।
प्रदेश सभा सदस्य भएपछि मुख्यमन्त्रीमा दाबी गर्नु स्वभाविक हो
प्रदेश सभाको सांसद भएपछि मुख्यमन्त्रीको दाबी गर्नु स्वभाविक हो । मैले विभिन्न कालखण्डमा कुनै न कुनै रुपमा कर्णालीका सबै जिल्लामा नेतृत्वदायी भुमिका निर्वाह गरेको छु । यहाँका समस्याप्रति जानकार छु । अहिलेसम्म जनताको आदेश पालना गरिरहेको छु । अवसर पाएमा कर्णाली प्रदेशको नेतृत्व गर्न सक्छु ।
नव निर्वाचित कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मासंग गरिएको कुराकानीको सारसंक्षेप ।