जनार्दन शर्मा चौथो पटक निर्वाचित हुनुभएको छ । आफ्नो राजनीतिक जीवनमा पाँचौपल्ट चुनाव लडेका शर्माले एउटा वाहेक अरु चुनाव हार्नुपरेको छैन् । २०४८ मा तत्कालिन जनमोर्चाबाट चुनाव लडेका शर्मा नेपाली कांग्रेसका गोपालजि जंग शाहसंग पराजित हुनुभएको थियो । त्यसपछि एकैपटक शान्ति स्थापना पश्चित २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भाग लिनुभएका शर्माले त्यसपछि हारको मुख देख्नु परेको छैन् । २०६४ साल पछि २०७९ सम्म आइपुग्दा शर्माले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै आउनुभएको छ । मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि शर्माले रवाफिलो जित हाँसिल गर्नुभएको छ । तेब्बर बढी मत ल्याएर उहाँले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्नुभयो । चौथो पटक संसदमा पाइला टेक्दै गर्नुभएका शर्मासंग हामीले संक्षिप्त कुराकानी गरेका छौं । प्रस्तुत छ त्यसको सार संक्षेप ।
समग्रमा चौथो पटक चुनाव जित्नुभएको छ । अव यहाँबाट रुकुमेली जनताले के आश गर्ने ?
रुकुमवासीले म बाट आश गर्ने भन्दा पनि रुकुमवासीको सपना र हाम्रो योजनालाई कार्यान्वयन गर्ने आवश्यकता छ । मुख्यगरि रुकुम राजनीतिक परिर्वतको अग्रगामी प्रवित्तिको नेतृत्व गर्ने जिल्ला हो । र यहाँको जनताले त्यसको प्रतिनिधित्व गर्दछ । जनताको इच्छा, आकांक्षा र सपना के छन भने रुकुम एउटा समृद्ध जिल्ला बनोस् । रुकममा एउटा सामाजिक न्याय स्थापना होस्् । रुकुममा विभेदहरुको अन्त्य होस् । रुकुममा बरोजगारको अन्त्य होस् । गरिबीको अन्त्य होस् र रुकुम गुणात्मक एउटा विकासमा अगाडि बढोस् । यि जन आकांक्षालाई सम्वोधन गर्न मैले रुकुमको गुणात्मक विकासको योजनामा हामी अगाडि बढ्नु पर्छ भनेर अपिल गरिरहेको छु । गटबन्धनका दलहरुसंग छलफल भएर गुणात्मक विकास सहित अगाडि बढ्ने, सामाजिक न्याय सहितको रुकुम बनाउने र समाजवादको एउटा आधार बनाउने भन्ने हाम्रो सहमति भएको छ । हिजो राजनीतिकरण हुने समस्याका बावजुद पनि हामीले विकास निर्माणका कामहरुलाई अगाडि बढाएका थियौं । अव त्यसको अन्त्य भएर गरेर हामी साझा रुपमा गठबन्धनको तर्फबाट यि नै जनताका सपना र योजनालाई पुरा गर्ने प्रतिवद्धता गरेका छौं ।
एक, दुई, तीन के गर्नुहुन्छ ?
हिलो कुरा शिक्षा नै हो । सम्रगमा क्षमता अभिवृद्धि नेतृत्व विकासकोे मुख्य पक्ष हो । त्यसकारण हामीले गुणस्तरिय शिक्षाका लागि अवको समयमा पुर्वाधार र प्रविधि पूर्वाधार भनेका छौं । प्रविधि पूर्वाधार समेत तयार गरेर विद्यालयहरुमा गुणस्तरिय पठनपाठन जरुरी छ । दोस्रो कुरा उच्च शिक्षा हाँसिल गर्न देश विदेश जानु पर्ने अवस्था छ, त्यसलाई पनि न्युन गर्न रुकुम जिल्लामै मेडिकल कलेजको स्थापना, आइटी कलेजको स्थापना, बि.एसी लगायतका उच्च शिक्षा अध्यन गर्ने कलेजको स्थापना सहित शिक्षामा गुणस्तरियता कायम गर्ने योजना कार्यान्वयन गर्ने हाम्रो लक्ष्य रहेको छ । र डिजिटल शिक्षा मार्फत योग्य भन्दा योग्य शिक्षकको पनि उपयोग पनि गर्न सक्छौँ । अहिले नीजि शिक्षा र सरकारी शिक्षामा भएको अन्तर पनि अन्त्य गर्ने एउटा यो माध्यम हो भन्ने बुझेको छु ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा गाउँघर क्लिनिक देखि वडा स्वास्थ्य केन्द्र, पालिका अस्पताल हुुँदै जिल्ला अस्पताल, मेडिकल कलेजलाई एकीकृत गरि काठमाडौं गएर उपचार गर्ने अवस्था वा ठूला सहर गएर उपचार गर्ने अवस्थाको अन्त्य गर्ने हाम्रो लक्ष्य छ । त्यो प्रयत्न हामी गर्ने छौं । मेडिकल कलेज सहित शिक्षामा र स्वास्थ्यमा पनि महत्वपूर्ण काम गर्ने छौं । स्वास्थ्य पूर्वाधारको निर्माण गर्ने, खेल मार्फत स्वस्थ रहने, योग र ध्यान मार्फत गर्ने कुराहरुलाई पनि संगसंगै जोडने छौँ । अव रह्यो पूर्वाधार, पूर्वाधार विकासका सन्दर्भमा हेर्दा १६ सय ४५ किलोटिटर सडक हामीले अहिलेसम्म खनेका छौं । अव त्यो मध्ये मुख्य सडकहरु, जो वडा पालिकासम्म जोडिन पुग्छन् । ति सडकहरु बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्ने र मुल सडकलाई कालोपत्रे गर्ने अभियानलाई पुरा गर्ने छौँ । र सडक पुलहरुको निर्माण कार्य सम्पन्न पनि हाम्रो ध्यान जाने छ ।
खानेपानीको सन्दर्भभमा हेर्नुभयो भने एक घर एक धारा कार्यक्रम सुरु भएको छ । करिव करिव ५० प्रतिशत हाराहारीमा पुरा भएको छ । ५० प्रतिशत कामलाई छिट्टै पुरा गर्ने छौं । विद्युतिकरण करिव करिव ८० प्रतिशत पुरा भएको छ । बाँकी २० प्रतिशत पुरा गरेर भरपर्दो र गुणस्तरीय बनाउने छौं । विद्युत सहुलियत दरमा उपलब्ध गराउने छौं । सिँचाइको क्षेत्रमा हेर्दा कतिपय डाँडापाखामा सिँचाई गर्नलाई विद्युतबाट पानी तान्नु पर्ने छ । ति योजनालाई पनि संगै जोडेर अगाडी लैजाने छौं । जिल्लामा हवाई यातायातको हप्तामा जो एक पटक मात्रै आउने अवस्था छ । त्यसलाई नियमित गर्नको लागि सल्लेमा ठाउँ प्रयाप्त छैन्, चौरजहारीमा अलिकति विस्तार गर्न सकेमा हामीले दैनिक हवाई सेवा उपलब्ध गराउन सक्ने अवस्था छ । यि पूर्वाधार विकास क्षेत्रका कामहरु हुन् । रुकुमले गर्न सक्ने कामहरु हुन् ।
अव मुख्य कुरा के हो ? भने हाम्रो लक्ष यहाँको गरिबी अन्त्य गर्ने, बरोजगार अन्त्य गर्ने नै हो । त्यसको लागि आम किसानहरुलाई उनिहरुको क्षमता र दक्षता अभिवृद्धि गर्दै किसान सहकार्य समुहमा संगठित गर्दै सहुलियत पूर्ण ऋण व्यवस्था गर्दै उत्पादनमा केन्द्रित गरेर त्यसको बजारिकरण समेत गर्ने गरि संचरणा निर्माण गरेर त्यसको परिचालन गर्ने गरि अगाडी बढेका छौं । आर्थिक उत्पादनका लागि हावा पानी अनुसारको उत्पादन गरि त्यसलाई व्यवसायीकरण गर्ने र प्रविधि सहितको उपलब्धता बढाउने, तालिमहरु दिने लगायतका कामबाट कृषिलाई उद्योगहरुमा जोड्ने योजना छ । अहिले पनि हामीसंग धैरै उद्योगहरु छन् । स्थानीय तहले सञ्चालन गरेका १५÷१६ वटा उद्योगहरु छन् । भने जिल्लामा नीजि ढंगले सञ्चालन भएका करिव करिव २ सय उद्योगहरु छन् । अहिले ति उद्योगहरुलाई व्यवस्थित गर्ने, बजारीकरण गर्ने, रोजगारी सिर्जना गर्ने, घरघरमा आम्दानी आइपुग्ने अवस्था सिर्जना गर्न सरकार र जनता मिलेर काम गर्छौं । यसलाई उत्पादन, रोजगारी र समृद्धिको अभियान भनेका छौं ।
रुकुममा अव हाम्रो योजना गरिवी अन्त्य गर्ने हो, रोजगारी सिर्जना गर्ने हो । पहिला हामी पूर्वाधार विकासमा लाग्याैं, उज्यालो रुकुमको कुरा गर्ने, रिङ रोडहरु बनाउने कुराहरु तिर ध्यान केन्द्रित गर्याै, त्यसले वातावरण बनायो क्रमशः अव हामी उद्योग सञ्चालन गर्छौं ।
त्यस्तै अहिलेपनि विभिन्न खालका विभेदहरु छन् । दलित माथी अथवा महिला माथी र वृद्धवृद्धाहरुलाई गर्नुपर्ने समान नपुगेको, बालबालिका र अपांगता भएका व्यक्तिहरुलाई पनि विशेष हेरचाह गर्नुपर्ने छ भने अर्को तिर समाजमा रहेका विभिन्न विभेदहरु अन्त्यका लागि समाजको चेतना र समाजको जागृति बढाउनु छ । नेतृत्वलाई खबरदारी गर्नको लागि सचेत र संगठित जनताको आवश्यकता छ । हामी त्यस्तो जनता निर्माण गर्दै छौं । विशेष गरी हामीले जिल्लामा आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको अभियान मार्फत काम गरिहेका छौं ।
२०६४ साल देखि यहाँले नेतृत्व गरिराख्नुभएको छ । एउता नेतृत्वकर्ताका हिसाबले रुकुममा जे जति विकास भएको छ भनेर यहाँले भन्नुभयो र गर्ने छाैं भन्नुभयो । अहिलेसम्म भएको कुरालाई हेर्दा त्यो कतिको सन्तोष गर्ने ठाउँमा छ । यहाँ आफैलाई पनि कतिको सन्तोष मिलेको छ ?
विकासको कुरा के हन्छ भने आज आइपुग्दा त्यो अप्रयाप्त हुन्छ, हिजोबाट हेर्ने हो भने धेरै भएको हुन्छ । तपाई र सबै रुकमेलीलाई थाहा छ । हिजोको अवस्था हाम्रो के थियो । हामीले कसरी अभियान सुरु गर्यौं ? कसरी डोजर हेलिकोप्टरबाट बोकियौं ? कसरी जनपरिचालन गरियौं ? कसरी जनताको साथमा सडकहरु निर्माण गरियौं ? आज सबै ठाउँमा सडकहरु पुर्याएका छौं । निर्वाचन प्रचारमा जाँदा पनि सडकबाट गएरै घरदैलो गर्ने अवस्थासम्ममा पुगेका छौँ । अव आठीसकोट १ मा ३, ४ किलोमिटर सडक जोड्न बाँकी छ ।
सन्तोष गर्ने ठाउँमा हो अहिले हामी विकासको सन्र्दभमा ?
जनतालाई सोध्नुपर्छ त्यो कुरा । जनताले हिजोको अवस्थाबाट यहाँसम्म आइपुग्दा पकैपनि सन्तोस गर्ने अवस्थामा छ । तर आजको अवस्थामा अप्रयाप्त छ, आजको अवस्थामा सडकलाई कालोपत्रे गर्नु छ । स्थायीत्व गर्नु छ । थुप्रै कुराहरु बाँकी छन् ।
यसैलाई हो यहाँहरुले गुणात्मक विकासको आवश्यकता छ भनेको ?
हो । त्यसकारण मलै गुणात्मक विकासको कुरा गरेको हो । आजको आवश्यकतामा अपर्याप्त छ । हिजोको कुराबाट हेर्यो भने हामीले धेरै गरेका छौँ ।
बेला बेलामा उठ्ने कुरा माओवादीले २०६४ देखि २०७९ सम्म आइपुग्दा जति गर्न पथ्र्यो त्यति गर्न सकेन र अहिले जति भएको छ यो क्रमागत विकास हो, माओवादी नभएको भएपनि हुन्थ्यो । यो क्रमागत विकास होकी क्रम भंगताको विकास हो खासमा ?
यो क्रमागत विकास भइदिएको भए अहिले आठबीसकोटको राडी पुगिराखेको हुन्थ्यो होला होला बाटो ? अथवा अर्को कुनै ठाउँ काइयो खोलाबाट चौरजहारी पुगेको हुन्थ्यो होला ? यो क्रमागत होइन यो अभियानात्मक विकास हो । यसलाई अभियानात्मक विकास भन्छु म । जनपरिचालन सहितको विकास हो । क्रमागत विकास भन्नेलाई पनि धन्यावाद भन्छु म । किन भने थप गर्नुपर्ने छ । अझ धेरै गर्नुपर्छ भन्ने अपेक्षाको लागि सम्मान गर्छु । आलोचनाको रुपमा हुँदा खेरिपनि धन्यवाद दिन्छु । अझ धेरैै गरुन भन्ने अपेक्षा राख्नु राम्रो कुरा हो ।
यहाँले रोजगारी सिर्जना हाम्रो मुख्य प्राथमिकता हो भनेर भन्नुभयो । तर जिल्लाको अवस्था हेर्ने हो भने वैदेशिक रोजगारीको एकदमै भयावह स्थिति छ । मान्छेहरु ठुलो लगानी गरेर वैदेशिक रोजगारीको लागि निस्किरहेका छन् । गरिबीको कुरा पनि त्यस्तै छ ?
यहाँ ठेकेदारी प्रथाले समस्या बनाएको छ । अव नियम कानुनहरु, ऐनहरु शंशोधन गरिरहेका छौँ । तर ठेकेदारी प्रथाले गर्दा खेरी समयमै काम नसकिने, गुणस्तरिय काम नगर्ने समस्या छ । त्यसमा जनताको सहभागिता नहुनुको कारण हो ।
रुकुममा अव हाम्रो योजना गरिवी अन्त्य गर्ने हो, रोजगारी सिर्जना गर्ने हो । पहिला हामी पूर्वाधार विकासमा लाग्याैं, उज्यालो रुकुमको कुरा गर्ने, रिङ रोडहरु बनाउने कुराहरु तिर ध्यान केन्द्रित गर्याै, त्यसले वातावरण बनायो क्रमशः अव हामी उद्योग सञ्चालन गर्छौं । हामीले खनेका सडकले उत्पादलाई बजारसम्म पुर्याउन सहज भएको छ । अब जल, जमिन, श्रम सबैको प्रयोग गरेर हामी रोजगारी सिर्जना गर्ने ठाउँमा आइपुगेका छौँ र त्यो कुरा हामी गछौँ । त्यसको लागि आम जनताको चेतना, आम जनताको श्रमलाई प्रयोग गर्नुपर्छ । यो पनि अभियानको रुपमा जान्छ र त्यसबाट हामीले रोजगारको सिर्जना गर्छौं । वैदेशिक रोजगारको कुरा गर्दा ग्लोब्लाइजेसनले गर्दा विश्व नै एउटा गाउँ बनेको सन्दर्भमा अव विश्वभरका मान्छेहरु हरेक देशमा छरिएर रहेको अवस्था छ । त्यो कुरालाई हामीले रोक्न, प्रतिवन्ध लगाउन सक्दैनौं । हामीले गर्ने कुरा के हो भने देशमै बस्ने वातावरण बनाउने हो, रोजगारी सृजना गर्ने हो, आम्दानी बढाउने हो ।
जिल्लामा धेरै आयोजनाहरु अलपत्र परेका छन् । पुल बनेका छैनन्, सडकको अवस्था उस्तै छ । यसमा तपाइको पहल नपुगेको भन्न मिल्छ ?
समस्या छ । पितिवाङ खोलामा समस्या छ । पुलले गर्दा धेरै दुःख पाएको कुरा छ । यहाँ ठेकेदारी प्रथाले समस्या बनाएको छ । अव नियम कानुनहरु, ऐनहरु शंशोधन गरिरहेका छौँ । तर ठेकेदारी प्रथाले गर्दा खेरी समयमै काम नसकिने, गुणस्तरिय काम नगर्ने समस्या छ । त्यसमा जनताको सहभागिता नहुनुको कारण हो । ठेक्का पनि चाहिन्छ, जनताको सहभागिता पनि चाहिन्छ । दुइवटैका सहभागिता हुनुपर्छ । पितिवाङको समस्या, गाराघाट पुलको समस्या, चौरजहारी मध्यपहाडी पुलको समस्या छ । ठेकेदारले एकदम कम मुल्यमा हाल्ने प्रवित्ति छ नि त्यसैका कारणले जनताले दुःख पाइराछन् । ऐन कानुन शंशोधन गरेर यो कुरा पुरै बदल्नुपर्ने अवस्था छ । मैले पहल नगरेको वा गर्न नचाहेको कुरा होइन ।
नव निर्वाचित प्रतिनिधि सभा सदस्य जनार्दन शर्मासंग गरिएको कुराकानीको सार संक्षेप ।