मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको सबै मत परिणाम रुकुम पश्चिममा सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक तर्फ गरेर कुल १२ हजार २७ मत बदर भएको छ । यसपटक प्रत्यक्षको तुलनामा समानुपातिक तर्फ बढी मत बदर भएको छ ।
प्रतिनिधि सभाको समानुपातिक तर्फ कुल ६० हजार ८ सय ४६ मत खसेकोमा ३ हजार ४ सय ७० मत बदर भएको छ । प्रत्यक्ष तर्फ भने समानुपातिकको तुलनामा केही कम मत बदर भएको छ । प्रत्यक्ष तर्फ ६० हजार १ सय ११ मत खसेकोमा २ हजार ८ सय १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेश तर्फपनि समानुपातिक मत बढी बदर भएको छ । प्रदेश समानुपातिक तर्फ कुल ५९ हजार ९ सय ७७ मत खसेकोमा ३ हजार ३ सय २९ मत बदर भएको छ । प्रदेश सभा प्रत्यक्ष अन्तरगत निर्वाचन क्षेत्र नम्बर १ मा १ हजार ३ सय २८ र निर्वाचन क्षेत्र नम्बर २ मा १ हजार ८४ मत बदर भएको छ ।
प्रदेश १ मा २९ हजार ५ सय ४३ र प्रदेश सभा २ मा ३० हजार ४ सय २९ मत खसेको थियो ।