आम निर्वाचन २०७९ मा रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवार बन्नुभएका चन्द्रराज झाँक्री मगरले मतदाता र शुभ–चिन्तकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । रुकुमपूर्वको प्रतिनिधिसभामा पराजित हुनुभएका झाँक्री मगरले खुकुरी क्रस चिन्हमा मतदान गर्नुहुने सम्पूर्ण मतदाता र शुभ–चिन्तक तथा निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारीलाई धन्यवाद दिनुभएको हो ।
सिस्ने गाउँपालिका–६ रुकुमकोटमा आइतबार पत्रकार सम्मेलन गर्दै उहाँ लगायत उहाँको टिमले मतदातालाई धन्यवाद दिदै आफ्ना भावी योजनाहरू सार्वजनिक गरिएको उक्त टिमका धनबहादुर कामी (सन्तोष)ले जानकारी दिनुभयो । भर्खरै सम्पन्न भएको मंसिर ४ गतेको निर्वाचनमा खुकुरी क्रस चिन्हमा १३ सय ६ मत आउदा ९ सय ६ मत सदर भएको र ४ सय मत बदर भएको बताएका छन् । निर्वाचन परिचालन संयोजक बिष्णुजंग शाहले चुनाव सम्पन्न गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, निर्वाचन सर्वेक्षण गर्ने संघ संस्था, सुरक्षा निकाय लगायतलाई धन्यवाद दिनुभएको छ ।
उम्मेदवार झाँक्री मगरका अनुसार जिल्लाका भौगोलिक विकट र समयको अभावका कारण सबै जनता कहाँ पुग्न सकिएन त्यसमा क्षमा चाहान्छाँै । रुकुममा माओवादीले कव्जा जमाएको अवस्थामा खुकुरी क्रसलाई वृक्षरोपन गरिएको छ । विजय भए पनि, पराजय भए पनि प्रत्येक घरमा पुग्ने र जनता माझ भलाकुसारी गर्ने झाँक्री मगरले बताउनुभएको छ । झाँक्री मगरले थप्दै आफू कुनैदिन शारिरीक रुपमा बुढो भए पनि राजनीतीक रुपमा बुढो नभई १३ वर्षीय जागर लिएर सामाजिक काममा सक्रिय रहने समेत प्रतिवद्धता जनाउनुभएको छ ।
निर्वाचनका बेला परिचालन संयोजकको भूमिकामा रहनुभएका शाहले आफू मात्रै नभएर सबै स्वतन्त्रसँग वार्ता संवाद गर्ने र हाम्रो एजेन्डा र विचार अनुसार कुनै पनि दलसँग तालमेल गर्दै नौ तर स्वतन्त्रको बहुमतले जाम भने पछि दलसँग वार्ताको ढोका खुलै रहेको बतनउनुभएको छ । माओवादीसँग वार्ता संवाद गर्न चाहान्छौ तर हामीसँग वार्ता गर्न पार्टीका नेतृत्वले ध्यान नदिएको उहाँहरूको आरोप छ ।