त्रिवेणीमा २ दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा २ दिन निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन हुने भएको छ । त्रिवेणी गाउँपालिकाको आयोजना र नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा मंसिर १६ र १७ गते निःशुुल्क आँखा परीक्षण शिविर सञ्चालन हुने भएको हो ।
शिविरको प्राविधिक सहयोग आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार १६ गते वडा नम्बर २ को सिम्रुतु स्वास्थ्य चौकी र १७ गते वडा नम्बर १० को पेउघा स्वास्थ्य चौकी मान्टुरामा शिविर सञ्चालन हुने छ । आँखा र कान सम्बन्धी समस्या भएका बिरामीलाई सेवा लिन गाउँपालिकाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १७:३४
प्रतिक्रिया दिनुहोस्