Kakhara सबैको खबर सम्पूर्ण खबर
मित्रलाल बोहरा लगातार दाेस्राे पटक उत्कृष्ट करदाताका रुपमा सम्मानित 
मित्रलाल बाेहरा ।

व्यवशायी मित्रलाल बोहरा यो वर्ष पनि उत्कृष्ट करदाता बन्नुभएको छ । ११ औं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा रुकुम पश्चिमका व्यवशायी बोहरा आर्थिक वर्ष २०७७/०७८ को उत्कृष्ट करदाताका रुपमा सल्यानमा भएको कार्यक्रम मार्फत कदर पत्रले सम्मानित हुनुभएको छ ।

उहाँ यो संगै लगातार दोस्रो पटक उत्कृष्ट करदाता बन्नुभएको हो । आर्थिक वर्ष २०७६/०७७ मा पनि उहाँ उत्कृष्ट करदाता बन्नुभएको थियो । बोहराले मुसिकोट खलंगामा न्यु देवकोटा हार्डवयर एन्ड सप्लार्यस संचालन गर्दै आउनुभएको छ । धेरै र नियमित कर तिर्ने करदातालाई वर्षेनी उत्कृष्ट करदाताका रुपमा सम्मान गर्ने गरिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update