Kakhara सबैको खबर सम्पूर्ण खबर
आधुनिक सुधारिएको चुलो सम्बन्धि अभिमुखीकरण 

आधुनिक सुधारिएको चुलो सम्बन्धि रुकुमकोटमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मंगलबार रुकुमपूर्व सिस्ने गाउँपालिका–६ जिल्ला समन्वय समितिको कार्यालय रुकुमकोटमा आधुनिक सुधारिएको चुलो सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

प्राक्टिकल एक्सन र विकास सरोकार समाज (डिकोस)को साझेदारीमा सञ्चालित ग्रामीण क्षेत्रका लागि आधुनिक सुधारिएको चुलो बजार प्रवद्र्धन परियोजना अन्तर्गत आधुनिक सुधारिएको चुलो सम्बन्धि अभिमुखीकरण तथा प्रदर्शनी कार्यक्रम गरिएको हो । विगतमा सुधारिएका चुलो भन्दा फरक खालको धुवाँ रहित विद्युतीय उपकरणको सहयोगमा तयार रहेको सुधारिएको चुलो सम्बन्धि जिल्ला स्थित जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्षसँग अभिखीकरण कार्यक्रम गरिएको छ । 

विद्युतको सहयोगमा कम साना दाउरा, गोबरबाट समेत आगो बाल्न सकिने खालको आधुनिक सुधारिएको चुलो रहेको प्राक्टिकल एक्सनका मेनेजर महाभारतव्यास श्रेष्ठले बताउनुभयो । कम दाउरामा धेरै मात्रामा ताप दिने धुवाँ रहित भएकाले खानेकुरा पकाउने भाडोमा समेत मोसो नलाग्ने खालको आधुनिक सुधारिएको चुलो रहेको श्रेष्ठले बताउनुभयो । संस्थाको अनुदानमा जिल्लाबासीलाई उक्त चुलो वितरण गरिने उहाँले बताउनुभयो । प्रति चुलोलाई ६ हजार ५ सय रुपैयाँ मूल्यको पर्ने गरेको छ । 

जसमा ३ हजार ७ सय रुपैयाँ संस्थाले अनुदान व्यहोर्ने हुँदा उपभोक्तालाई २ हजार ८ सय रुपैयाँ पर्ने श्रेष्ठले बताउनुभयो । आधुनिक सुधारिएको चुलो वितरणका लागि गाउँपालिकासँग सम्झौता भइसकेकोले छिट्टै चुलो वितरण गरिने बताइएको छ । 


कम दाउरामा धुवाँ रहित आधुनिक चुलो भएका कारणले स्वास्थ्यका लागि राम्रो रहेको जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले बताउनुभयो । कम दाउरा खपतबाट धेरै मात्राको ताप दिने र धुवाँ रहित चुलो भएकाले उक्त चुलो प्रयोग गर्नुमा बहुआयामिकको फाइदा जनक रहेको केसीले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा जिससका उपप्रमुख केसी, पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा मगर, निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update