नव निर्वाचित कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले सहिद कामी बुढाको सालिकमा माल्यार्पण गर्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन चौखावाङ पुग्नुभएका सांसद केसीले वडा नम्बर १० को कामी बुढा पार्कमा रहेको सालिकमा माल्यार्पण गर्नुभएको हो ।
सांसद केसीले कामी बुढाप्रति श्रदाञ्जली अर्पण गर्दै सहिद कामी बुढा लगायत तमाम सहिदले देखाएको बाटोमा अग्रसर हुने बताउनुभयो । सहिदका सपना पुरा गरे मात्र देश समृद्ध हुने भएकोले आफ्नो तर्फबाट सहिदका सपना पुरा गर्ने सवालमा कत्तिपनि कमी नहुने उहाँले वाचा समेत गर्नुभयो ।
उहाँले चौखावाङका मतदातालाई धन्यवाद दिदै सुझाव समेत लिनुभएको छ । अव आफु निरन्तर जनताकै साथमा रहने उहाँको भनाई छ । ‘मलाई जिताउनुभएको छ, म कतैपनि जान्न, तपाइहरुको विचमै रहने छु, उहाँले भन्नुभयो–तपाइहरुकै विचमा रहेर तपाइका माग र आवश्यकता अनुसार काम गुर्छ ।’
नव निर्वाचित सांसद केसी आफु निर्वाचित हुने वित्तिकै जनताको विचमा पुग्नुभएको हो । विजयी भएपछि हुने भोज भतेर लगायतका कुनैपनि खुशियाली कार्यक्रम नगरी उहाँ जनताको विचमा पुग्नुभएको हो । उहाँ रुकुम पश्चिम प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।