रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० दर्देनीको पहिराे नियन्त्रणका लागि वडाले पहल थालेको छ । वडा कार्यालयको पहलमा कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामी सहितको टोलीले पहिरोको स्थलगत अवलाेकन गरेको छ ।
मन्त्री कामी सहित जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव देवराज निरौला र खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमका प्रमुख तेजनारायण महतो लगायतको टाेलीले पहिरोको स्थलगत अवलाेकन गरेको वडा अध्यक्ष बसन्त खड्काले जानकारी दिनुभयो ।
पहिरो नियन्त्रण र मानव बस्तीको सुरक्षाका लागि सक्दो सहयोग गर्ने अनुगमण टोलीले आश्वासन दिएको उहाँले बताउनुभयो । योजना बनाएर पहिराे नियन्त्रणको प्रयास गर्ने आश्वासन आएको वडाध्यक्ष खड्काले बताउनुभयो ।
पहिरोलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर वडाले प्रयास गरिरहेको र सोही अनुसार मन्त्री सहितको टोलीलाई लिएर पहिरोको स्थलगत अवलाेकन गराइएको उहाँको भनाई छ । यो पहिरोको रोकथाम नहुने हो भने ठूलो जन धनको क्षेतिको जोखिम रहेको बताइएको छ ।
कमजोर भूगोलका कारण वर्षेनी यो पहिरोले जोखिम बढाउदै लगेको छ । स्थानीय स्तरबाट पहिरो नियन्त्रण सम्भव नदेखिएको वडाध्यक्ष खड्काले बताउनुभयो । चौखावाङ पुगेको टोलीलाई स्थानीयले फूल मालाले स्वागत गरेका थिए ।