Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी १ भेडाखर्कमा सिँचाई कुलो निर्माणको काम अन्तिम चरणमा  
निर्माणाधिन सिंचाइ कुलाे ।

रुकुम पश्चिमकोे त्रिवेणी गाउँपालिका वडा नम्बर १ भेडाखर्कमा सिँचाई कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कार्तिक महिनाबाट सुरु गरिएको सिँचाई कुलो निर्माणको काम १ महिनामै अन्तिम चरणमा पुगेको हो । आशा परियोजनाको आर्थिक सहयोगमा ३ सय मिटर सिँचाई कुलो निर्माणको काम भइरहेको सिँचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष मुस्कान ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिँचाई कुलो निर्माणको लागि ७ लाख बजेट आशा परियोजनाले सहयोग गरेको छ । सिँचाई कुलो निर्माणको काम क्रमागत भएकाले गत वर्ष ४ सय मिटर कुलो निमार्ण गरिएको थियो । यो वर्ष ३ सय मिटर सिँचाई कुलो निर्माण भएसंगै सिँचाई कुलो निर्माणको काम सकिने छ । करिव १ किलोमिटर टाढाबाट गाउँमा पानी पुर्याउन लागिएको हो । सिँचाई कुलो निर्माण भएपछि ३१ घरपरिवारले लाभ लिने छन् ।

अब किसानलाई हिउँदको समयमा तरकारी लगायत अन्य कृषि उपज उत्पादन गर्न पानीको समस्या नहुने भएकोले उत्पादन बढ्ने अपेक्षा गरिएको वडा अध्यक्ष सुन्दर ओलीले बताउनुभयो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update