सिभिल बैंक मुसिकोट शाखाद्धारा छात्रवृत्ति प्रदान
१२ औं वार्षिकोत्सवको अवसरमा सिभिल बैंक रुकुम पश्चिम मुसिकोट शाखा कार्यालयले छात्रवृत्ति वितरण गरेको छ । वार्षिकोत्सवको अवसरमा शाखाले वित्तीय साक्षरता कार्यक्रम तथा छात्रवृत्ति वितरण कार्यक्रम संचालन गरेको हो ।
शाखाले मुसिकोट नगरपालिका १ सल्लेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्नुका साथै जेहेन्दार १ जना छात्रालाई ५ हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ ।
कक्षा ८ मा अध्यनरत रक्षा शाहीलाई छात्रवृत्ति प्रदान गरिएको बैंकका शाखा प्रमुख नारायण पाण्डेले जानकारी दिनुभयो । सानो रकम भएपनि यो छात्रवृत्तिको ठूलो अर्थ भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ १४:४०
प्रतिक्रिया दिनुहोस्