गाेपाल केसी
चैत्र महिनाको टन्टलापुर गर्मी थियो । शरीरभरि खलखली पसिनाले पूरा शरीर भिजेको थियो । साँझको पाँच बजिसकेको थियो । रुकुमको पर्यंटकीय स्थल कमलदह भ्रमणपछि हामी सानीभेरीको तिरैतिर स्यार्पूतालको छेउमा पुग्याैं । एउटा रुखको छाहारीमा बसी यसो उत्तरतिर फर्केर स्यार्पूको दृश्यावलोकन ग¥याँै । एकछिनपछि आकाशमा गड्याङ्गुडुङ आवाज आउन थाल्यो । समाजसेवी वीरु मल्लको घरमा भर्खर नास्ता गर्न लागिरहेका थियौँ एक्कासी पानी बर्सन थाल्यो । त्यस दिन हाम्रो बास त्यतै हुने भयो । रात परिसकेपछि हामी कलाकार यज्ञ चन्दको घरमा गयाैं । साथमा हुनुहुन्थ्यो मेरा सहकर्मी मित्र हर्कसिंह खत्री, जोखबहादुर चन्द र आदर्श के.सी. । दिनभरिको थकित मानसिकता, यज्ञजी को परम्परागत घरको माथिल्लो कोठामा आराम गर्दा गर्दै भुसुक्क निदाइएछ । मेरा सहयोद्धा मित्र यज्ञजीको म्याडम धनकुमारीले हामीलाई खाना खान बोलाउनुभयो । घडिमा रातिको ८ः३० बजिसकेछ । जब हामी बाहिर निस्कियौँ, क्या मज्जाको अनुभूति भयो हामीलाई । केही छिन अगाडिको कालो बादल हटेर ताराहरू तिर्मिराइरहेका थिए । सिधा अगाडि स्यार्पूतालको दृश्य देखिन्थ्यो ।
चारैतिर घरहरूमा बिजुली बत्ती झल्मलाइरहेको, अनि स्यार्पुको बिचमा हजारौँ जुनकिरीहरूले पिलपिल बत्ती बालेर भ्यागुतालाई कराउन सङ्केत गरिरहेको, अनि भ्यागुताहरूको ट्वार्ट्वार् आवाजले इन्द्रलाई पानी पार्न सन्देश दिइरहेको, आनन्दको स्वर सुनिन र देखिन थाल्यो । यो सुन्दर वातावरणले मेरो मानसपटलमा नयाँ सोच, नयाँ विचार अनि नयाँ योजना जन्माइ दियो । अब त रुकुमलाइ पर्यटन विकासका लागि केही गर्नै प¥यो । त्यो बेला कति मज्जाको वातावरण थियो । यी जुनकिरीहरू जसले शान्तिको दियो बालिरहेका थिए । (कुनै दिन यही क्षेत्रमा मैँले पापी निर्दयी जेलजीवन बिताउनु परेको थियो ।) सुन्दर स्यार्पूताल, वनपाखा, पखेरीहरू, झरणा, खोला, सुन्दर बस्तीहरूमा बल्ल शान्तिको द्वार खुलेको थियो । भोलिपल्ट म बिहानै उठेर स्यार्पूको कञ्चन जलाशयमा पसेर स्नान गरें । पुनः कोठामा पुगेर सोच विचार गरें, “अब त यो आकाशको कालो बादलमात्र होइन देशमै चलेको मान्छेले मान्छेलाई खुकुरीले रेट्ने, बन्दुकले शरीर छियाछिया पार्ने अनि बन्दी बनाउने क्रान्ति, प्रतिक्रान्तिको कालो बादल हटिसकेको छ ।
हामी आजका युवाशक्ति केही न केही गर्नै पर्छ । प्रकृति प्रदत्त प्राकृतिक सम्पदाहरूको संरक्षण सम्बद्र्धन एवम् जगेर्ना गरेर यो ठाउँ, यो भूमि अनि यहाँको समाजलाई परिवर्तन गर्नै पर्दछ ।” तत्कालै मैले केही साथीहरूबाट परामर्श लिएँ । पर्यटनसम्बन्धी एउटा संस्थाको माध्यमबाट यो महान अभियानमा लामबद्ध हुन सक्रियता देखाउनु पर्दछ भन्ने सोच तयार भयो । वि.सं. २०६४ वैशाख १ गते बुधवारका दिन मेरा सहकर्मी मित्रहरूबिच भेलाको आयोजना गर्ने निर्णय भयो । सोही मानसिकताअनुसार सोही दिन २०६४ वैशाख १ गते बुधवारका दिन हामी यज्ञ चन्दकै घरमा भेला भयौँ । समाजसेवी वृद्ध वीरु मल्लकै अध्यक्षतामा भेला सम्पन्न भयो । हामीले मेरै अध्यक्षतामा ‘सिस्ने स्यार्पू सरोकार समाज केन्द्र’ को नामकरण गरी एउटा इतिहासको सुरुवात गर्ने घोषणा गर्याैं। सो भेलाबाट उपाध्यक्ष हर्कसिंह खत्री, सचिव आदर्श के. सी., सह–सचिव जोखबहादुर चन्द, कोषाध्यक्ष यज्ञ चन्द, सदस्यहरू नन्दराम देवकोटा, टीका देवकोटा, तुलसा मल्ल, दलजित वि.क. सहित नौ सदस्यीय तदर्थ समिति गठन गरियो ।
साङ्गठनिक रूपमा रुकुमको हकमा ठूलो जिम्मेवारी बोध भएको अनुभूति भयो हामीलाई । कसरी गर्नें, अब रुकुमका सम्पूर्ण पर्यटकीय स्थलहरूको सर्वव्यापीकरण अनि विकास । तत्कालै भौगोलिक रूपमा विकट, आर्थिक रूपमा विपन्न, प्राकृतिक रूपमा सुन्दर रुकुमका प्रकृति प्रदत्त प्राकृतिक सम्पदाहरूको संरक्षण तथा सम्बद्र्धन एवम् जगेर्ना गर्ने मुख्य ध्येयका साथ उक्त संस्थाको विधान, २०६४ जारी गरी जिल्ला प्रशासन कार्यालय रुकुममा दर्ता गराउने काम भयो । पर्यटकीय स्थलहरू स्यार्पूताल, कमल ताल, साँख दह, दुध पोखरी, सिस्ने हिमाल, पुथा हिमाल, सामझङ हिमाल, दोगाडी भञ्ज्याङ, कालाखागर, फुर्का पाटन, चित्रीपाटन, झारलेगोठ पाटन, डिग्रे शाईकुमारी, राडी ज्यूला लक्ष्मीनारायण, गादीघर बुरालमस्ट, विजयश्वरी भगवती, राजकोट दर्शनीय स्थल लगायतका स्थानहरूको सर्वव्यापीकरण गर्ने तथा सूचीकृत गर्ने अभियानमा जुट्यौँ हामीहरू । जिल्लामा पर्यटनसम्बन्धी बहस सुरु हुन थाल्यो । राजनीतिक रूपमा खेममान खड्का, ठगेन्द्रप्रकाश पुरी, कृष्णबहादुर रोकाय, शरुण बाँठामगर, चिन्तामणि दाहाल, तत्कालीन प्रमुख जिल्ला अधिकारीज्यू लगायतले यस अभियानप्रति निकै चासोका साथ ऐक्यबद्धता जनाउनु भयो । हाम्रो यात्रा अगाडि बढ्दै गयो ।
हामीले २०६४ पुस २१ गते तत्कालीन रूपमा संस्थाको साधारण सभा स्यार्पूको छेउमा तत्कालीन नि.प्र.जि.अ. शिवप्रसाद लम्साल, नि.स्थानिय विकास अधिकारी चिन्तामणि दहाल, प्र.ना.उ.लोकेन्द शाह, जिल्ला निर्वाचन अधिकृतलगायत जिल्लाका सम्पूर्ण कार्यालय प्रमुख, राजनैतिक दलका नेता, संघ संस्थाका प्रतिनिधिहरूलाई बोलाएर सम्पन्न गर्यौँ । आफ्नै लगानीमा रुकुमका सम्पूर्ण पर्यटकीय स्थलहरू समेटी ‘पर्यंटन जागरण’ नामक वृत्तचित्र तयार गर्न सफल भयौँ । यही अभियानमा आर्थिक, भौतिक, नैतिक सबै चिजहरू लगानी गरी पर्यटकीय स्थलहरू सर्वव्यापी गर्न देशका विभिन्न भागमा प्रचारात्मक अभियानको थालनी ग¥यौँ । हामी भित्र आएका पाहुनाहरू नाच्दै, गाउँदै, रमाउँदै विदा हुन थाले । संस्थाको साधारण सभामा आएका सम्पूर्ण पाहुनाहरूको एउटै सल्लाह, आवाज र प्रतिबद्धता थियो अब रुकुमको पर्यटन विकासका लागि केही गर्र्नै पर्दछ । रुकुमका पर्यटकीय स्थलहरूको सर्वव्यापीकरणका लागि महोत्सव गर्नै पर्दछ । यस कुराले हामीलाई झन् उत्साहित, अभिप्रेरित तथा उत्प्रेरित बनायो ।
२०६६ वैशाखमा महोत्सवका लागि हामीले प्रतिवेदन तयार गरी अनुमोदन गरिदिन दल र जि.वि.स. लाई अनुरोध गर्यौँ । हाम्रो निवेदनप्रति कसैको ध्यान गएन । हाम्रो प्रयास जारी रह्यो । हामीले अर्को कोणबाट अगाडि बढ्ने सोच बनायौँ । जिल्लामा जिल्ला पर्यटन बोर्ड स्थापना गर्ने । यस अभियानमा हामी सफल भयौँ । जिल्लामा श्रीमान् स्थानीय विकास अधिकारीको अध्यक्षतामा होटेल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, प्राकृतिक सम्पदा संरक्षण तथा पर्यटन सेवा केन्द्रका प्रतिनिधि रहेको जिल्ला पर्यटन बोर्डको गठन गरियो । पुनः २०६६ मंसिरमा महोत्सव गर्न हाम्रो संस्थाले भरमग्दुर प्रयत्न गर्यो तर जिल्ला पर्यटन विकास समितिको त्यति सक्रियता नभएका कारण त्यो निवेदनले पनि सार्थकता पाउन सकेन ।
२०६६ मंसिर ८–१० सम्म काठमाडौँको भृकुटी मण्डपमा तेस्रो राष्ट्रिय पर्यटन मेलाको आयोजना गरियो । जसमा हाम्रो संस्थाको तर्फबाट म स्वयम् सहभागी भइ रुकुम जिल्लाको तर्फबाट भाग लिई सहभागिता जनाउने सुवर्ण अवसर प्राप्त गरें । त्यसबाट महोत्सवको बीजारोपण गरियो । उक्त राष्ट्रिय स्तरको कार्यक्रमबाट मलाई निकै ठूलो जोश, जाँगर तथा हौसलाको साथै उत्प्रेरणासमेत मिल्यो । २०६६ माघमा जब बाँफीकोट गा. वि. स. को गाउँ परिषद बस्यो । हाम्रो संस्थाले महोत्सवसम्बन्धी ३ पृष्ठको प्रतिवेदन पेश गर्यो । उक्त प्रतिवेदन उपर व्यापक छलफल भैसकेपछि सबै राजनीतिक दल र संघ संस्थाहरूले यसप्रति ऐक्यबद्धता जनाए । तत्काल गाउँ परिषदले महोत्सवका लागि २ लाख रूपैँया बजेट विनियोजन गरी कामको श्रीगणेश ग¥यौँ । हामी सबै शक्ति एक ढिक्का बनाउन सफल भएकोमा उत्साहित भयौँ । हामी भित्रका सम्पूर्ण डकुमेण्टसहित महोत्सवका लागि हामीले जिल्ला स्तरमा वहस सुरु गर्यौँ । यता मूल आयोजक समिति बनाई कार्य विभाजन गर्न प्रयत्नरत रह्यौँ । वि.सं. २०६६ फाल्गुण १ मा मा.वि. स्यार्पूदहमा भेला गरियो । पुनः ६ गते बस्ने गरी भेला स्थगित भयो । ६ गते बाँफीकोट गा.वि.स. हलमा भेला गरियो । उक्त भेला पनि निष्कर्षविहीन बन्यो । १५ गते पुनः भेला गरियो तर २१ गते विस्तृत तथा वृहत भेला गर्ने भनी फेरि भेला पछि सर्यो । अन्ततः धेरै कसरत पछि फाल्गुण २१ गते बाँफीकोट गा.वि.स. को हलमा वृहत् भेला गरी ३१ सदस्यीय मूल आयोजक समिति गठन गरियो । जसमा चन्द्रबहादर के.सीे, हर्कसिं खत्री, विद्यापति रिजाल, हीराचन्द मल्ल, खम्बु मल्ल, कमप्रसाद देवकोटा, यज्ञ चन्द, जोखबहादर चन्द लगायतको निकै ठूलो भमिका रह्यो । हाम्रो संस्थाबाट मूल प्रतिवेदन तयारी गरी सर्वसम्मत पारित गरेर हाम्रो गतिलाई तीब्र बनाइयो । जिल्ला स्तरमा तीब्र छलफल अन्तरक्रिया पछि जेष्ठको पहिलो साता महोत्सव गर्ने निर्णय गरियो ।
समय बित्दै गयो । राजनैतिक पार्टी भित्रको एक अर्को प्रतिको अविश्वास, समयको अभाव, पूर्वाधार विकास निर्माणको कठिनाई, देशको अस्थिरता, महोत्सव गरिने क्षेत्रमा चेतनाको कमी आदि कारणहरूले जेष्ठ महिनामा महोत्सव गर्न नसकिने ठहर गरी मूल आयोजक समितिले महोत्सवको मिति असोजमा सार्ने निर्णय ग¥यो । मितिको निश्चित गरी अनुमति र सपोर्टिङका लागि नेपाल पर्यटन बोर्डमा सिफारिस गर्न जिल्ला पर्यटन बोर्डलाई अनुरोध गरियो । जनप्रिय राष्ट्रसेवक स्थानीय विकास अधिकारी श्रीमान् केदारनाथ शर्माको अध्यक्षतामा तुरुन्तै चैत्र १७ गते जिल्ला पर्यटन बोर्डको बैठक बसाली आश्विन ११–१५ सम्म रुकुम जिल्लाको पर्यटकीय स्थल स्यार्पूतालमा विश्व पर्यटन दिवसको अवसर पारी स्यार्पू पर्यटन महोत्सव २०६७ गर्ने निर्णय सर्वसम्मत पारित गरी तत्काल नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा पठाइयो । नेपाल पर्यटन बोर्डले उक्त महोत्सवलाई आफ्नो वार्षिक क्यालेण्डरमा समावेश गरी औपचारिकता प्रदान गर्याे । बोर्डको यस निर्णयले हामीलाई थप ऊर्जा मिल्यो ।
सम्पूर्ण राजनैतिक दल, आम बुद्धिजीवी, कलाकार, प्रशासक सबै एकीकृत भएर “पर्यटनका लागि सँगसँगै” भन्ने मूल नारामा लामबद्ध हुन पुगे । जुर्मुराउन थाले जनताहरू । पूर्वको मैकोटबाट लजिम पुनको नेतृत्व, अनि पश्चिमको चौरजहारीबाट गणेशप्रसाद रिजालको बौद्धिक खुराकबाट थप हौसला मिल्यो महोत्सवलाई । महोत्सव स्थलमा आधारभूत विकास निर्माणका प्याकेजहरू भित्रिन थाले । स्थायी मूल गेट, मोटर बाटो, फिल्ड निर्माण, अतिथि भवन निर्माण, डुङ्गा निर्माण, भ्यू टावर निर्माण, रिङ्ग रोड निर्माणलगायत विकास निर्माणमा जुटे जनताहरू । महोत्सवको समय जति नजिकिदै जान्छ उति चहलपहल बढ्न थाल्यो रुकुममा । नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन २०११ वटा राष्ट्रिय झण्डाहरू फहराउने, २०११ जना विद्यार्थीहरूले चक्रपथ परिक्रमा गर्ने, धार्मिक कार्यक्रम, स्टल प्रदर्शन, सांस्कृतिक झाँकी, डुङ्गा सयर, कलाकारद्वारा सुटिङ, जादु प्रदर्शन, विश्वको सबैभन्दा होचो मान्छेको प्रर्दशनी, कृषि मेला प्रदर्शनी जस्ता आकर्षक कार्यक्रमहरू राख्ने तथा राष्ट्रका उच्च ओहदाका व्यक्तित्वहरूद्वारा उद्घाटन गरिने ऐतिहासिक निर्णयले रुकुमको पर्यटन विकासलाई निकै ठूलो ऊर्जा थपिदियो ।
आज रुकुम हाँसिरहेको छ । स्यार्पूका वरिपरि २०११ वटा राष्ट्रिय झण्डाहरू फरफराइरहेका छन् । परम्परागत घरहरूमा २०११ वटा बत्तीहरू बलिरहेका छन । आन्तरिक तथा बाह्य पर्यटकहरू यो दृश्यले आनन्दसँग रमाए । यसरी यो इतिहास कायम गर्न सहयोग गर्ने जो कोही पनि धन्यवादको पात्र छ । त्यसैले त्यो रात जुन रात पिलपिल जूनकिरी बलिरहेको थियो । भिरपखेरीले, झरणा खोलाहरूले, चराचुरुङगीले, जडीबुटीले साथ खोजिरहेका थिए । आशा गरिरहेका थिए । हामीलाई माया गर हामी सुन्दरता दिनेछौँ । आज मेरो त्यो जुनकिरीसँग मितेरी गाँसेको सपना पूरा भएको छ । रुकुमेलीहरूले साँच्चै यस ऐतिहासिक कार्यक्रम मार्फत “पर्यटनका लागि सँगसँगै” भन्ने मूल मन्त्रमा जोडिएर एकताको सन्देश (हिजो बम बारुद पड्कने रुकुमबाट) नेपालभरि दिएका छन् । आशा छ रुकुमले यो सन्देश दिइरहने छन् ।
(२०६७/०६/११ राति ९ बजे)
हाम्रो नेपाल राम्रो नेपाल हाम्रो रुकुम सुन्दर रुकुम ।
अनुभूति–गोपाल के.सी.
सचिव–पहिलो स्यार्पू पर्यटन महोत्सव २०६७, रुकुम