Kakhara सबैको खबर सम्पूर्ण खबर
बारिपोले मेला भोली र पर्सि

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा परम्परागत रुपमा लाग्दै आएको बारिपोले मेला भोली र पर्सि लाग्ने भएको छ । मुसिकोट २ को बारिपोलेमा हरेक वर्षको मंसिर शुक्ल एकादशीमा सुरु भई द्धादशीमा सकिने मेला यो वर्ष भोली र पर्सि लाग्दै छ । 

भोली बिहान शिद्ध र देवी साइकुमारीको पुजाआजा गरेपछि विधिवत् रुपमा मेला सुरु हुने स्थानीय रमेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भोली दिनभर पुजाआजा हुने छ भने पर्सि बिहान मन्दिरमा बोकाको बली दिएपछि मेला सुरु हुन्छ । 

एक मन र एक चित्तले मन्दिरमा पुजाआजा तथा बली चढाएमा मनोकामना पुरा हुने धार्मिक विश्वास रही आएको छ । मन्दिरमा पुजाआजा तथा मेला भर्नका लागि विभिन्न ठाउँबाट ठूलो संख्यामा दर्शनार्थीहरु पुग्ने गर्दछन् । 

        


        
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update