Kakhara सबैको खबर सम्पूर्ण खबर
साविक विश्व विजेता फ्रान्सले पोल्याण्ड र इंग्ल्यान्डले सेनगलको सामना गर्ने 

कतार फिफा विश्वकपको अन्तिम १६ को दोस्रो दिन आज २ खेल हुँदै छन् । पहिलो खेलमा साविक विजेता फ्रान्सले पोल्याण्डको सामना गर्ने छ । उक्त खेल नेपाली समय अनुसार बेलुकी ८ः४५ मा सुरु हुने छ । यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । खो खेलमा फ्रान्सका केलियन एम्बाप्पे र पोल्याडका लेवान्डस्की विचको प्रतिस्पर्धालाई चाखपूर्ण रुपमा हेरिएको छ । फ्रान्स गत संस्करणको विजेता हो । दुवै टोली आजको खेल जित्दै अन्तिम ८ अर्थात क्वाटरफाइलमा स्थान पक्का गर्ने दाउमा छन् । 

त्यस्तै आज मध्यरातमा हुने अर्को खेलमा इंग्ल्यान्डले अफ्रिकी देश सेनगलको सामना गर्ने छ । उक्त खेल नेपाली समय अनुसार राती १२ः४५ मा सुरु हुने छ । यो खेललाई पनि प्रतिस्पर्धात्मक रुपमा लिइएको छ । विश्वकपको नकआउट चरणको हिलो दिन गयराती भएका खेलमा अर्जेन्टिना र नेदरल्याड्स विजयी भएका छन् । अर्जेन्टिना अस्ट्रेलिया र नेदरल्याण्ड्स अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update