Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका ७६ जना अपांग र सुस्त मनस्थिति भएका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान  
शैक्षिक सामग्री र न्यानाे कपडा वितरण गरिँदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ७६ जना अपाङ्ग तथा सुस्त मनस्थिति भएका बालबालिकालार्ई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा मुसिकोट नगरपालिका वडा नम्बर १ को कालिकास्थानमा भएको कार्यक्रम मार्फत बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक साम्रगी वितरण गरिएको हो । सामाजिक विकास कार्यालय रुकुम पश्चिम र मुसिकोट नगरपालिका महिला बालबालिका शाखाले संयुक्त रुपमा उक्त सामग्री वितरण गरेका हुन् । 

मुसिकोट १ मा रहेको सरस्वति माध्यमिक विद्यालय सल्लेका ११ जना, आधारभुत विद्यालय डांग्रेचौरका १० जना र वडा नम्बर १३ को प्रभात माध्यमिक विद्यालय दोपाइका १५ जना बालबालिकालाई कपडा र शैक्षिक सामग्री वितरण गरिएको मुसीकोट नगरपालिका महिला तथा बालबालिका शाखाकी कमला मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार ४० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिएको हो भने ३७ जना बालबालिकालाई शैक्षिक साम्रग्री वितरण गरिएको हो । 

पढाइ नगर्ने अन्य ५ जना अपाङ्ग बालबालिकालाई पनि न्यानो कपडा विरतण गरिएको छ । प्रत्येक बालबालिकालाई एक दर्जन कापी र एक दर्जन कमल दिइएको छ । यसमा मुसिकोट नगरपालिकाको महिला तथा बालबालिका शाखाको ५० हजार बजेट खर्च भएको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update