महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिम शाखा कार्यालय मुुसीकोटले १० लाख ७५ हजार मृत्यु हक दाबी रकम भुक्तानी गरेको छ । गाडी दुर्घटनामा परि मृत्यु भएका रुकुम पूर्व पथाउत्तरगंगा गाउँपालिका ८ का पूर्णबहादुर बुढाको श्रीमतीलाई १० लाख ७५ हजार मृत्यु हक दाबी रकम भुक्तानी गरिएको हो । असोज ६ गते काठमाडौंबाट रुकुम पूर्व आदै गरेको गाडी दर्घटनामा परि मृत्यु भएका बुढाकी श्रीमती सोनिया बुढालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड मुसीकोट शाखा कार्यालयका प्रमुख ब्युझना पुन देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुढाले ३ वर्ष आगाडि ५ लाखको महालक्ष्मी सावधिक आजिवन बीमा गर्नुभएको थियोे । बुढाले ४० हजारका दरले ३ किस्ता तिर्नुभएको थियो । ६८ हजार १ सय ६८ रुपैंया कम्पनीबाट ऋण लिएकाले उक्त रकम कटाएर बुढाको परिवारले ७५ हजार बोनस वाफतको रकम सहित १० लाख ६ हजार ८ सय ३२ रकम पाएको कम्पनीले जनाएको छ । बुढाको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमले स्थापना भएको ३ वर्षको अवधिमा ३ जना व्यक्तिको मृत्यु हक दाबी भुक्तानी गरेको कार्यालय प्रमुख देवकोटाले बताउभयो ।