विश्वकप फुटबलः पहिलाे हाफमा क्रोएसिया विरुद्ध जापानको १-० काे अग्रता
जापानका मेइडाले दिलाए अग्रता
विश्वकप फुटबलको नकआउट चरणको क्रोएसिया विरुद्ध पहिलो हापमा जापानले अग्रता लिएको छ । खेलको ४३ औं मिनेटमा जापानका मेइडाले गोल गर्दै टिमलाई अग्रता दिलाएका छन् । समूह चरणमा ४ पटकको विश्व विजेता जर्मनी र स्पेनलाई पराजित गरेको जापान उच्च मनोबलका साथ मैदानमा छ । क्रोएसियाले पनि खेलमा अग्रता लिने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेको छैन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ २१:३५
प्रतिक्रिया दिनुहोस्