रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा रहेका क्रियाशील ६ ओटा सामुदायिक वन समूहको बैठक बसेको छ । वन समूहका अध्यक्ष तथा प्रतिनिधि र राष्ट्रिय वन क्षेत्रका उपभोक्ताहरुसंग मुसिकोट सव डिभिजन चापाका प्रमुख बेगम केसीको उपस्तिथिमा पहिलो पटक बैठक बसेको हो ।
वडा कार्यालयले आयोजना गरेको बैठकमा वन कार्ययोजना नविकरण तथा कार्यान्वयन, वन पैदावार उपयोग, आर्थिक हिसाब तथा लेखा परिक्षण लगायतका विषयमा छलफल गरिको थियो । वन अतिक्रमण नियन्त्रणका लागि काम गर्ने वन समूह र उपभोक्ताहरुले प्रतिबद्धता जनाएका छन् ।
यसका साथै वन समूह गठन तथा पुनर्गठन जस्ता कृयाकलाप पनि संचालन गर्ने निर्णय भएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । वन संरक्षण र समुचित प्रयोगका लागि वन समूह र उपभोक्तालाई जिम्मेवार बनाउने उदे्श्यले बैठक बसालिएको उहाँको भनाई छ । बैठक वडा कार्यलयमा बसेकाे थियाे ।