हिजो राती सपनीमा चुम्बन गर्यौ राजै
नभन्नुथ्यो भनिहालें भन्न पनि लाजै ।
रुकुमको, रुकुमको .........
हान माया चौका दाउ हुकुमको ।
सामाजिक सञ्जाल टिकटकमा पछिल्लो पटक भाइरल बनेको गीतको एउटा टुक्का हो यो । टिकटक स्क्रोल गर्दा यो गीतमा अभिनय नगरेका भिडियो सायदै छन् । ‘चौका दाउ’ गीतको पहिलो टुक्का हो यो ।
विजय चन्द दर्पनले भर्खरै बजारमा ल्याएको नयाँ लोकदोहोरी गीत ‘चौका दाउ’ भित्रका अधिकांश टुक्का टिकटकमा भाइरल छन् । चन्दको शब्द सृजनामा तयार भएको ‘चौका दाउ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएपछि टिकटकमा पनि भाइरल बनेका छन् ।
शन्ति श्री परियार र बाबु कृष्ण परियारको स्वर रहेको उक्त गीत विजय चन्द दर्पनकै आधिकारीक यूट्युव च्यानलबाट सार्वजनिक भएको हो । सुनिल क्षेत्री र गीता ढुङ्गानाले गीतमा अभिनय गरेका छन् । चन्दले यस अघि सुतली, पलाश, बुकी, साली कसको भेनाको, ज्यान खाने पिरती, सुर्तै मायाको, नक्कली, साली, कर्कलो लगायतका गीत बजारमा ल्याइसक्नुभएको छ ।
भिडियो...