Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रतिनिधि सभा सदस्य कल्पना मिया बायाँ र प्रदेश सभा सदस्य मिलन खड्का ।

नेकपा माओवादी केन्द्रले रूकुम पश्चिमबाट समानुपातिक तर्फ दुई सांसद बनाएकाे छ । समानुपातिक निर्वाचन प्रणाली तर्फ माओवादीले रूकुम पश्चिमबाट एक प्रतिनिधि र एक प्रदेश सांसद बनाएकाे हाे ।

पार्टीले आज निर्वाचन आयाेगमा बुझाएकाे समानुपातिक सांसदकाे सुचिमा प्रतिनिधि सभा सदस्यमा रूकुम पश्चिमबाट कल्पना मियाँकाे नाम समावेश छ । चितवनमा जन्म भएकी मियाँकाे विवाह जिल्लाकाे सानीभेरी गाउँपालिका ६ काे दुलीमा भएकाे छ । उहाँकाे प्रतिनिधित्व रूकम पश्चिमबाट हुने भएकाे हाे ।

त्यस्तै नेकपा माओवादी केन्द्रले रूकुम पश्चिम मुसिकाेट १३ कि मिलन खड्कालाई कर्णाली प्रदेश सभा सदस्य बनाएकाे छ । खस आर्य कलस्टरकाे दाेस्राे नम्बरमा रहनुभएकी खड्का समानुतिक तर्फ सांसद बन्नु भएकाे हाे । उहाँ पार्टीकाे कर्णाली प्रदेश सदस्य समेत हुनुहुन्छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update