Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ६ का विपन्न र दलित परिवारलाई न्यानो कपडा र डसना

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ की ७० वर्षिया पिउली कामी चिसो मौसममा न्यानो कपडा र डसना पाएपछि खुशि हुनुहुन्छ । चिसो बढ्दै गएका बेला न्यानो कपडा पाएपछि उहाँले चिसो छेक्ने भन्दै खुशि व्यक्त गर्नुभयो । न्यानो कपडा र डसना पाएपछि वडा कै ५० वर्षिय दिले कामीको अनुहारमा पनि खुशिको चमक देखिन्थ्यो । आर्थिक अभावका कारण न्यानो कपडाको व्यवस्था गर्न नसकिरहेको अवस्थामा निःशुल्क रुपमा न्यानो कपडा र डसना पाएपछि आफुलाई धेरै खुशि लागेको उहाँले बताउनुभयो । 

20221212022658_IMG_09491670837332.JPG

रोट्रयाक्ट क्लब अफ थेम्स काडमाडौंले वडाका ७५ परिवारलाई डसना र न्यानो कपडा वितरण गरेको हो । आर्थिक अभावमा रहेका समुदाय र परिवारका लागि विभिन्न सहयोग गर्दै आएको क्लबले विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटाएर आज वडामै पुगेर वडाका विपन्न र दलित परिवारलाई विभिन्न प्रकारका न्यानो कपडा र डसना सहयोग गरेको छ । वडा कार्यालयको समन्वयमा वडामा रहेका विपन्न परिवारलाई डसना र उमेर समुह अनुसार विभिन्न खालका न्यानो कपडाहरु वितरण गरिएको रोट्रयाक्ट क्लब अफ थेम्सका अध्यक्ष देलिसा खड्गीले बताउनुभयो । 

20221212022925_IMG_09571670837333.JPG

२० वर्ष अघि स्थापना भएको क्लबले विभिन्न ठाउँमा पुगेर सहयोग गरिरहेको बताउँदै उहाँले क्लबको न्यानो प्रोजेक्ट अन्तरगत मुसिकोट ६ का विपन्न र दलित घर परिवारलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा र डसना वितरण गरेको जानकारी गराउनुभयो । यसले सबै नपुगेपनि चिसोबाट बच्नका लागि केही मात्रामा सहयोग पुग्ने उहाँको विश्वास छ । सार्वजनिक अपिलबाट विभिन्न व्यक्तिले गरेको सहयोगबाट जम्मा भएका कपडा र मेरिडिएन स्कुल, हेल्दी व्यूटी प्याल, डि.वाइ.सी, अरोमा ट्राभल्स एण्ड टुर लगायतका संस्थाको सहयोगबाट डसना सहयोग गरिएको उहाँले बताउनुभयो । 

20221212023304_IMG_09741670837344.JPG

न्यानो कपडा र डसना वितरणका लागि क्बलका अध्यक्ष सहित ८ जना सदस्य रुकुम पश्चिम पुगेका छन् । क्बलले सहयोग गर्न चाहेको कुरा थाहा पाएपछि आफ्नो वडाका विपन्न र दलित परिवारलाई सहयोगका लागि अपिल गरेको र सोही अनुसार सहयोग प्राप्त भएको यसका पहलकर्ता नारायण केसीले बताउनुभयो । वडाले सहयोग गर्ने रोट्रयाक्ट क्लब अफ थेम्सलाई धन्यवाद दिएको छ । वडाध्यक्ष भानु मल्लले यो सहयोगबाट विपन्न र दलित घरपरिवारलाई ठूलो राहात पुगेको भन्दै सहयोग गर्ने क्बललाई धन्यवाद दिनुभयो । आज वडा कार्यालय भण्डारीकाँडामा एक कार्यक्रमको आयोजना गरी डसना र न्यानो कपडा वितरण गरिएको हो । 

20221212023650_IMG_09901670837359.JPG

20221212023032_IMG_09611670837336.JPG

20221212023103_IMG_09631670837340.JPG

20221212023112_IMG_09641670837340.JPG

20221212023317_IMG_09761670837343.JPG

20221212023055_IMG_09621670837516.JPG

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update