Kakhara सबैको खबर सम्पूर्ण खबर
बुढा मगरको नेतृत्वमा मारिङ सहकारीको नयाँ सञ्चालक समिति 
सहकारीका नव निर्वाचित पदाधिकारीहरु । तस्बिरः कखरा ।

रामसुर बुढा मगरको नेतृत्वमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खाबाङ बगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समिति गठन गरिएको छ । सोमबार सहकारीको पाँचौ साधारण सभा गरिएको थियो । उक्त साधारण सभाबाट सहकारीमा बुढा मगरको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरिएको हो । 

उपाध्यक्षमा नमिता पुन मगर, सचिवमा देबबहादुर बुढा मगर, कोषाध्यक्षमा फोमली बुढा मगरलाई चयन गरिएको छ भने सदस्यमा लिलाप्रसाद सुनार, कालिबहादुर रोका मगर, श्यामसुन्दर सुनार, कमेनी बुढा मगर र सम्पूर्णा कामी रहनु भएको छ । यस अघि सहकारीको अध्यक्षमा हालका सचिव देबबहादुर बुढा मगर रहनु भएको थियो । मारिङ सहकारीले सहकारी बजार सञ्चालन , कृषकका उत्पादित कृषि उपज संकलन, बचत संकलन, ऋण लगानी लगायत काम गरिराखेको छ । 

 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update