Kakhara सबैको खबर सम्पूर्ण खबर
शिक्षक संघको प्रतिनिधि सभा

नेपाल शिक्षक संघ रुकुम पश्चिमको २१ औं प्रतिनिधि सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगाको त्रिभुवन जनता माध्यामिक विद्यालयको प्रांगनमा प्रतिनिधि सभा सम्पन्न भएको हो । सभामा बोल्नेहरुले शिक्षकलाई सबै तहका सरकारको व्यवहार दोश्रो दर्जाको भएको बताए । शिक्षकको भूमिका न्युनिकरण गर्ने र समय सापेक्ष बनाउनमा लापरबाही भएको भनाई उनिहरुको छ । स्थानीय, प्रदेश तथा संघीय सरकार सबैले नीति, विधि, कार्यविधि, ऐन, निर्देशिका बनाउने बाहानामा शिक्षकलाई अनाहकमा दुःख दिइरहेको गुनासो उनिहरुको छ ।

नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवालीको उपस्थितिमा सभा सम्पन्न भएको हो । संघको विधान अनुसार प्रतिनिधि सभा गर्ने गरिएको छ । सभामा नेपाल शिक्षक संघका कर्णाली प्रदेश अध्यक्ष इलमबहादुर शाही, नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओली, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री आनन्दराज त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । शिक्षक संघको विधान बमोजिम प्रतिनिधि सभा गरिएको जिल्ला अध्यक्ष तारा चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update