व्यक्तिगत लगानीमा सडक मर्मत
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ का कृष्ण खड्काले व्यक्तिगत लगानीमा सडक मर्मत गर्नुभएको छ । उहाँले ८ नम्बर वडा अन्तरगत कुचिबाङ–सिमखोला–लाबाङ सडक खण्ड मर्मत गर्नुभएको हो । उक्त सडक खण्डको विभिन्न ठाउँमा परेका खाल्डाखुल्डी पुरिएको छ ।
सिमसार क्षेत्रमा परेका खाल्डाखुल्डीले गर्दा सवारीसाधनलाई आवतजावत गर्न समस्या भएको थियो । खाल्डाखुल्डी परेको ठाउँमा ढुङ्गा बिछ्याइएपछि सवारी साधनलाई अब सहज भएको छ । करिब १५ हजार लगानीमा सडकको मर्मत गरेको खड्काले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १९:२४
प्रतिक्रिया दिनुहोस्