Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल पत्रकार महासंघ रुकुम पूर्वको अध्यक्षमा मैत्या 
प्रमाण-पत्र ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष मैत्या घर्तिमगर ।

नयाँ बनेको जिल्ला रुकुम पूर्वमा नेपाल पत्रकार महासंघको शाखा स्थापना भएको छ । आज भएको प्रथम भेला तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसंगै रुकुम पूर्वमा पहिलो पटक नेपाल पत्रकार महासंघको शाखा स्थापना भएको हो । 

रुकुमकोटमा आज भएको पहिलो भेला तथा अधिवेशनले मैत्या घर्तिमगरको अध्यक्षतामा १३ सदस्यीय नेपाल पत्रकार महासंघको जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा महेश केसी र सर्जना कार्की, सचिवमा जितेन्द्र बुढाथोकी, सह सचिवमा बिक्रम परियार र मदन बिसी तथा कोषाध्यक्षमा चेतकुमार बिसी चयन हुनुभएको छ । 

त्यस्तै सदस्यहरुमा गोविन्द पुन, प्रभात गुरुङ, जयकुमार श्रेष्ठ, वसम मल्ल र पुजा बुढाथोकी रहनुभएको छ । प्रथम भेला तथा अधिवेशनको आजै जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

320381948_3507116616190992_6921981512677853138_n1671112985.jpg
नेपाल पत्रकार महासंघ रूकुम पूर्वकाे नव निर्वाचित जिल्ला कार्यसमिति ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update