पश्चिममा ओठ तथा तालु फाटेका बिरामीहरुका लागि निःशुल्क प्लाष्टिक सर्जरी शिविर सन्चालन हुने भएको छ । सेवा फाउण्डेशन र बयोधा अस्पताल बल्खु काठमाडौको संयुक्त सहकार्यमा निःशुल्क प्लाष्टिक सर्जरी शिविर सन्चालन हुने भएको हो । शिविरको आयोजना अपांग संरक्षण मन्च रुकुम पश्चिमले गरेको छ ।
शिविरमा जन्मिदै ओठ तथा तालु फाटेका, पहिले अप्रेसन गरेर ओठ नमिलेका, गिजा प्वाल परेकाहरुलाई सेवा दिइने अपांग संरक्षण रुकुम पश्चिमका अध्यक्ष भिमबहादुर डागीले जानकारी दिनुभएको ।
उहाँका अनुसार शिविर जिल्लाका ३ ठाँउ सन्चालन हुने छ । पुस ११ गते चौरजहारी नगरपालिका वडा नम्बर ३ को नार्जी स्वास्थ्य चौकीमा, पुस १२ गते मुसिकोट नगरपालिका वडा नम्बर १ को मुसिकाेट हेल्थ पाेष्ट र पुस १३ गते त्रिवेणी गाउँपालिका वडा नम्बर २ को सिम्रुतु स्वास्थ्य चौकी सिम्रुतुमा शिविर सन्चालन हुने छ ।
शिविर मार्फत ओठ तथा तालु फाटेका बिरामीहरु हुन या होइनन एकिन गरेर बिरामी भएकालाई तत्काल काठमाडौंको सुविधा सम्पन्न बयोधा अस्पतालमा उपचारका लागि लगिने अपांग अध्यक्ष डाँगीकाे भनाइ छ । बिरामी सहित एक जना कुरुवालाई पनि आउँदा जादा लाग्ने खर्च र खान बस्नेको पनि निःशुल्क रुपमा व्यवस्था रहेकाे उहाँकाे भनाई छ ।
सम्बन्धित बिरामीलाई आफ्नो पायक पर्ने ठाउँमा आयोजना हुने शिविरमा पुगेर सेवा लिन आयोजकले आग्रह गरेको छ ।