मन्दिर बनाउन सांसदकाे सहयोग
रुकुम पूर्व प्रदेश सभा २ बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी (डिबी)ले आफ्नो निर्वाचन क्षेत्रमा मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । सिस्ने गाउँपलिका वडा ४ अमलाचौरमा मन्दिर निर्माणका लागि उहाँले एक लाख ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
उहाँले व्यक्तिगत रुपमा मन्दिर निर्माणका लागि सहयोग गर्नुभयो । धार्मिक विकासमा टेवा पुगोस भनेर मन्दिर निर्माण गर्न आफुले सकेको सहयोग गरेको सांसद केसीले बताउनुभयो । सबै क्षेत्रको समान विकास हुनुपर्ने बताउँदै उहाँले आफुले ५ वर्षको अवधिमा जिल्लाको सबै क्षेत्रको विकासका लागि सहयोग गर्ने बताउनुभयो ।
मन्दिर निर्माणका लागि सहयोग प्राप्त भएपछि अमलाचौरवासी खुशी भएका छन् । सहयोग गर्ने सांसद केसीलाई स्थानीयले धन्यवाद समेत दिएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १६:४७
प्रतिक्रिया दिनुहोस्