Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस काउन्सिलद्धारा रुकुम पश्चिमका पत्रकार र सरोकारवालासंग अन्तरक्रिया
कार्यक्रमका सहभागी ।

रुकुम पश्चिममा पत्रकार संहिता, पत्रपत्रिका वर्गीकरण एवं मिडिया विकास कोषको सुविधा विषययक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम मुसीकोट खंलगामा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा अन्तरक्रिया कार्यक्रम भएको हो । 

कार्यत्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झपेन्द्र भुसालले मिडिया विकास कोषको जानकारी, कानुनी व्यवस्था, मिडियाले पाउने सुविधा, मिडिया सञ्चालन गर्दा पुर्याउनु पर्नें प्रक्रिया लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

पत्रपत्रिकाको वर्गीकरण, पत्रिकाको गुणस्तर अनुसार पत्र पत्रिकाको वर्गीकरण, वर्गीकरणका मापदण्ड लगायतका विषयमा प्रेस काउन्सिलका बोर्ड सदस्य सरदप्रसाद अधिकारीले प्रस्तुति राख्नुभएको थियो । त्यस्तै प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद वेलवासेले पत्रकार आचार संहिता, कार्वाहि तथा उजुरी लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

पत्रकार महासंघ रुकुम पश्मिका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख जिल्ला अधिकारी परमानन्द धिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, मिडिया सञ्चालक तथा जिल्लास्थित क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार महासंघका सह सचिव नारायण ओलीको स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शाखाकी सचिव हिरा परियारले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update