रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगास्थित बालमन्दिरमा भएको मुसीकोट नगरपालिका स्तरीय कृषि मेला प्रर्दशनी मेलाबाट २४ जना किसान पुरस्कृत भएका छन् । आज बालमन्दिरमा भएको कृषि मेला प्रर्दशनीबाट उत्कृष्ट कृषिजन्य वस्तु उत्पादन गर्ने २४ जना किसान पुरस्कृत भएका हुन् ।
विभिन्न ६ वटा विधामा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुलाई प्रतिस्पर्धा गराई किसानलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रत्येक विधामा चार चार जना उत्कृष्ट कृषिजन्य वस्तु उत्पादन गरेका किसानलाई छनोट गरिएको कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार फलफुल बालीमा मुसीकोट नगरपालिका ५ का देवराज देवकोटा पहिलो, वडा नं. ८ का मनबहादुर गिरी दोस्रो, वडा नम्बर २ को शारदा सिस्ने जलजला समुह तेस्रो र वडा नं. ४ का दलबहादुर बोहरा सान्त्वना हुनुभएको छ । तरकाकारी बाली तर्फ मुसीकोट ४ का अमरबहादुर घर्ती पहिलो, वडा नं. ३ का निसान खड्का दोस्रो, वडा नं. ३ का नारायण खड्का तेस्रो र सान्त्वना वडा नं. २ की जानुका खड्का भएको बताइएको छ ।
मसला तथा नगदेबाली तर्फ मुुसीकोट ४ का खड्कबहादुुर रेउले पहिलो, वडा नं. १४ का लालबहादुर ओली दोस्रो, वडा नं. १ का धनबहादुर रावल तेस्रो र वडा नं. १३ का शसिराम गिरी सान्त्वना हुँदा खाद्यान्न बाली तर्फ मुसीकोट ५ की मनकला शर्मा पहिलो, वडा नं. ३ का मोहन खड्का दोस्रो, वडा नं. ७ का यामकुमार पाण्डे तेस्रो र वडा नं. ४ की दुर्गा खड्का सान्त्वना हुनभएको छ ।
त्यस्तै दलहन बाली तर्फ मुसीकोट १ की कमला खड्का पहिलो, वडा नं. ८ का दिलबहादुर गिरी दोस्रो, वडा नं. ४ का डिल्लीबहादुर खड्का तेस्रो र १ की शिला खाम मगर सान्त्वना हुँदा विविध बाली तर्फ मुसीकोट १ का शुशिल थापा पहिलो, वडा नं. १ का टिकाराम बोहरा दोस्रो, वडा नं. २ का हरिबहादुर खत्री तेस्रो र वडा नं. ४ की खिमा ओली सान्त्वना भएको कृषि विकास कार्यालयले जनाएको छ ।
पहिलो हुने किसानले २ हजार, दोस्रो हुनेले १ हजार ५ सय, तेस्रो हुनेले १ हजार र सान्त्वना हुनेले ७ सय रुपैयाँ नगद र प्रमाण पत्र प्राप्त गरेको कार्यालय प्रमुख केसीले बताउनुभयो । त्रिवेणी गाउँपालिकामा पुस २ र ३ गते कृषि प्रर्दशनी गरेको कृषि विकास कार्यालयले आज मुसीकोट नगरपालिकामा कृषि प्रर्दशनी मेला आयोजना गरेको हो । कृषि विकास कार्यालयले जिल्लाका ६ वटै पालिकामा कृषि मेला प्रर्दशनी गर्दै छ ।